नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

|

काठमाण्डौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या निरन्तर बढीरहेको छ । यसै क्रममा आज दुई जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको पुष्टी भएको छ । उनीहरु दुबै जना कैलाली जिल्लाका महिला र पुरुष हुन् । कोरोना कारण मृत्यु हुनेहरुमा कैलाली गोदावरी नगरपालिका ४ का ४६ वर्षे पुरुष र कैलालीकै लम्की चुहा २ का बर्ष ४३ की महिला रहेकी छन् ।

महिलाको असार २ गते र पुरुषको ३ गते साझँ मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । साथै अधिकाश मानिसहरुको मृत्यु पछि मात्रै कोरोना पुष्टी भएकोले जोखिम बढेको छ ।

२०७७ असार ४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।