सामाजिक संस्थाहरु स्थानीय सरकारको सहयोगी बन्दै

|

गेरुवा (बर्दिया) / सामाजिक संघसंस्थाहरु स्थानीय सरकारको विभिन्न अभियानहरुमा सहयोगीको रुपमा अघि बढिरहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा गेरुवा गाउँपालिकामा सन्चालन भएको साझेदार सामाजिक संस्थाहरुले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक कार्यक्रमको समिक्षा तथा आगामी आर्थिक बर्ष २०७९/०८० को प्रस्तुतीकरण कार्यक्रममा सो कुरा बताएका हुन् । गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा भएको बार्षिक समिक्षा कार्यक्रममा गेरुवा गाउँपालिकाका विषयगत शाखाको प्रमुखहरु र वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सामाजिक सघंसस्था विकासका साझेदार भएकोले स्थानीय तह, बडघरसगँ समन्वय र सहकार्य गरेर अघि बढनु पर्नेमा जोड दिनु भयो । साथै संस्थाले योजना गरेका कार्यक्रमहरु स्थानीय तहको योजना प्रक्रिया अगावै आफना क्रियाकलापहरु समावेश गर्न सामाजिक संस्थालाई सुझाव दिनुभयो । त्यसै गरि शिक्षा शाखा प्रमुख नवराज अधिकारीले पालिकामा कार्यरत सामाजिक संस्थालाई डुप्लीकेशन नगर्न अनुरोध समेत गर्नुभयो ।

सो कार्यक्रममा भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप)का बाल विवाह न्युनीकरण परियोजनाका प्राविधिक संयोजक (शिक्षा) सोम बहादुर गुरुङ्ग, स्याक नेपालका परियोजना संयोजक लक्ष्मी प्रसाद शर्मा, गेरुवा ग्रामिण जागरण सघका परियोजना संयोजक रामरुप कौशल, बाँके युनेस्को क्लबका ईश्वर विक, थारु महिला उत्थान केन्द्रका सिवानी चौधरी लगायतले आ–आफना संस्थाको बार्षिक कार्यक्रमको समिक्षा प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा सन्चालन भएको क्रियाकलापको जिज्ञाशा बारेमा प्लान ईन्टरनेशनल नेपाल, सुर्खेतका संरक्षण विज्ञ दुर्गा क्षेत्रीले प्रष्ट पार्नु भएको थियो । साथै प्लान ईन्टरनेशनल नेपालका परियोजना अधिकृत  बिमल गैरेले सामाजिक संस्थाहरुले गरेका अशल अभ्यासहरु स्थानीय तहले पनि गर्नु पर्ने धारणा राख्नु भएको थियाो । सो बार्षिक समिक्षा कार्यक्रममा विषयगत शाखा प्रमुखहरु र वडा अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

२०७९ भाद्र १७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।