
नेपालगन्ज / तमु विद्यार्थी छोंज धि जिल्ला कार्य समिती बाँकेको ऐतिहासिक आठौ जिल्ला अधिबेशनबाट प्रकाश तमुको अध्यक्षमा नयाँ कार्य समिती चयन भएको छ । उपाध्यक्षमा स्वेता तमु, सचिवमा लक्ष्मी तमु र्सगठन सचिवमा निरज तमु, कोषाध्यक्षमा महेश्वरी तमु र सदस्यहरुमा क्रमशः सुरज तमु, किरण तमु, कृष्ण तमु , मन्ज तमु, समीक्षा तमु, रुजिना तमु, श्रीष्टी तमु , स्मृति तमु, पुजा तमु,पायल तमु, र मिलन तमु रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो ।कार्यक्रमकमा प्रमुख अतिथि तमु ह्युल छोज धि केन्द्रिय सदस्य अनिता तमुले आफ्नो भाषा र संस्कृतिवाई जर्गेना गर्नु पर्नेमा जोड दिनु भयो । त्यसैगरि विशिष्ट अतिथिहरुमा प्रदेश सह– सचिव शोभा तमु, बाँके जिल्ला अध्यक्ष भिम तमु, बरिष्ठ उपाध्यक्ष शेर बहादुर तमु, सचिव सोम तमु, तमुस्यो केन्द्रिय सदस्य दुर्गा तमु, तमुस्यो बाँके जिल्ला अध्यक्ष सीता तमु लगायतको सहभागितामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सचिव स्वेता तमुबाट सांगठनिक प्रतिबेदन र महेश्वरी तमुबाट आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा तमु विद्यार्थी छोज धि बांकेका अध्यक्ष सुदन तमुको सभापतित्व सम्पन्न भएको थियो ।