मान खोलामा डुबेर बढैयातालका २ बालकको मृत्यु

|

बर्दिया / बर्दियाको बढैयाताल गाउँपालिकास्थित मान नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–४ का १२ वर्षीय आयुश तिरुवा र १३ वर्षीय गौरव भुजेल रहेको प्रहरीले जनाएको छ ।

बाँके र बर्दियाको सीमानामा रहेको सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा दुई बालकको शव नदीबाट निकालिएको हो ।

मानखोलामा डुबेर बेपत्ता हुनासाथ खोजी गरिएको थियो । तिरुवाको घटनास्थलमा र भुजेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७९ भाद्र ४, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।