बोस्टन तीज महोत्सव २०२२ को तयारी पूरा,धुमधामसंग मनाउंदै

|

नेपालीहरुको धार्मिक तथा साँस्कृतिक महान चाड हरितालिका तीज नजिकिदै गर्दा अमेरिकाको मासाचुसेट्स राज्यमा यस वर्ष भने अवस्था केही सहज भएका कारण यसपाली महिलाहरुके महान् पर्व तीजको लागि आवश्यक तयारी गरिएको आयोजकले जनाएको छ।

बोस्टन स्थित नेपाली समुदायको संस्थाहरु ग्रेटर बोस्टन नेपाली समुदाय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा “बोस्टन तीज महोत्सव-२०२२” हुन गईरहेको छ ।

तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक, साँस्कृतिक, परम्परा र नेपाली पहिचानको संरक्षण तथा संवर्धन गर्दै मनोरञ्जन गर्ने मुख्य उद्देश्यका साथ उक्त कार्यक्रम वाटर टाउन सिटीको सेन्ट जेम्स अर्मेनियन चर्च भवनमा, यही अगष्ट २० तारिख (शनिवार)का दिन हुन गइरहेको छ।


हिन्दु धर्मावलम्बी महिलाहरुले आफ्नो पतिको सुस्वास्थ्य,दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित सुखद् दामपत्य जीवनको र अविवाहित नारिहरुले भने भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा,अर्चना,स्तुति र प्रार्थना गरी यो चाड भब्यताका साथ मनाउने गरिन्छ।


महोत्सवमा नेपाली पहिचानसहितका विभिन्न मिष्ठान्न परिकारहरु समेटेर दर खाने कार्यक्रमको पनि व्यवस्था गरिएको छ र अध्यक्ष तामाङले भन्नु भयो,‘ तीज महोत्सवलाई भव्य र सभ्य रुपमा हर्षोल्लासका साथ सम्पन्न गर्ने ,बोष्टनवासी नेपालीहरुलाई भरपूर मनोरञ्जन दिनुका साथै एक आपसमा एकताको सन्देश दिन पनि सफल हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’
अध्यक्ष तामाङले तीज महोत्सव-२०२२लाई लक्ष्य र उद्देश्य अनुसार सफल बनाउन, सहभागिताका लागि सरोकार वालाहरु र सम्पूर्ण बोस्टन बासी नेपाली समुदायलाई अनुरोध गर्दै महोत्सवमा सहभागिताका लागि चुले निम्तो समेत दिनु भएको छ। उहाँले भन्नु भयो,’ यो हाम्रो महान चाड हो। परदेशमा यसको महत्व अझ बढी हुन्छ त्यसैले, यस महोत्सवमा सहभागी भइदिन हुन सबैलाई चुले निम्तो गर्दछौं।’

आयोजकका अनुसार कार्यक्रममा सहभागिता जनाउनका लागि प्रति व्यक्तिले सहयोग स्वरुप अग्रिम टिकट खरिद गरेमा ३५ डलर र कार्यक्रम स्थलमै टिकट खरिद गरेमा ४५ डलर भुक्तान गर्नु पर्ने व्यवस्था गरिएको छ भने, १२ वर्ष मुनिका बाबालिकालाई शुल्क नलाग्ने र १२ वर्ष माथिकालाई पुरा शुल्क लाग्ने छ।

जस अन्तरगत महोत्सवमा स्थानीय नेपाली कलाकारहरुदले नेपालीपन झल्किने तीज केन्द्रित गीतहरु र नृत्यहरु पस्किने छन्।
हिन्दू धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार व्रत बसी विधि पूर्व शिवको पूजा, अर्चना, आराधन र प्रार्थना गरेर भगवान शिव जस्तो होनहार शक्तिमान वर पाएको भन्ने बिश्वासको आधारमा यो महान पर्व चाड तिज मनाइदै आइरहेको छ।

२०७९ भाद्र ३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।