
बारबर्दिया / प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) तथा बारबर्दिया नगरपालीकाको समन्वयमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाबज्जामा नवनिर्मित शौचालय तथा ६ कोठे दुइ तले बालमैत्री तथा अपागंता मैत्री भवनको आज एक औपचारिक कार्यक्रम गरि प्रमुख अतिथि महिला बालाबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुदघाट्न तथा भवन हस्तान्तरण गर्नु भएको छ ।
सो समुदघाटन तथा हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नु हुदै प्रमुख अतिथि रेग्मीले प्लान इन्टरनेशनल नेपालले बिभिन्न समयमा बिभिन्न खालका जनलक्षित कार्यक्रम संचालन गर्दै आईरहेको यस बर्दिया जिल्लाको दुरदराजमा भुकम्प तथा बालमैत्री अपागंता मैत्री संरचना निर्माण कार्य गरेकाले प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेलाइ बिषेश धन्यबाद ब्यक्त गर्नु भएको थियो । साथै आगामी दिनमा यस प्रकारका काम नियमित हुने अपेक्षा पनि गर्नु भएको थियो ।
प्लान इन्टरनेशनल नेपाल, पश्चिम क्षेत्रिय कार्यालयका क्षेत्रीय प्रबन्धक मिना पराजुलीले प्लान इन्टरनेशनल नेपालले स्याक नेपाल संगको साझेदारिमा परियोजना मार्फत भौतिक पुर्वाधार निर्माण भएको तर भौतिक पुर्वाधरले मात्र नहुने र आगामी दिनमा बालमैत्री कक्षा संचालन, बाललबालीकाको सिकाई उपलब्धी दर बढेको, बालबालीकाहरु बिधालयमा भयरहित बातावरणमा बिधालयमा नियमित आउने कुरामा प्लान इन्टरनेशनल नेपालले अपेक्षा गरेको बताउनु भयो ।
त्यसै गरि बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद तिमिल्सेनाले बर्दिया जिल्लामा प्लान इन्टरनेशनल नेपाल र स्याक नेपालले सामाजिक क्षेत्रको काममा अग्रणिय भुमिका खेलेको र भोलिका दिनमा नवनिर्मित संरचनाहरुलाई मर्मत सम्भार तथा यसको रेखदेख तथा बालबालीकाको सिकाईमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा सहित शुभकामना दिनु ब्यक्त गर्नुभयो ।
स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले स्याक नेपालले प्लान इन्टरनेशनल नेपालको साझेदारिमा बिगत ३ बर्षदेखि परियोजना मार्फत काम गरिरहेको र यसखालका बर्दिया जिल्लाका ३ वटा बिधालयमा भौतिक पुर्वाधार निर्माण गरेको बताउदै यस बिधालयमा सिस्टर परियोजना मार्फत करिब १ करोड बिस लाख २६ हजार ३ सय ५० र बारबर्दिया नगरपालीकाको तर्फदेखि ९ लाख गरि कुल १ करोड २९ लाख २६ हजार ३ सय पचास बराबरको परियोजना संचालन भएको बताउदै आगामी दिनमा यसको संरक्षण तथा ब्यबस्थापन बिधालय तथा नगरपालीकाले गर्ने गरि बिधालयका प्रधानाध्यापक मुकुन्द प्रसाद पौडेल तथा बिधालय ब्यबस्थापन समितीका अध्यक्ष सुकै थारुलाइ हस्तान्तरण पत्र प्रदान गर्नुभयो । कार्यक्रममा बिधालय परिवारले बारबर्दिया नगरपालीका, प्लान इन्टरनेशनल नेपाल, स्याक नेपाल बाकेलाई प्रशंशा पत्र र यस परियोजना लाइ समयमा सम्पन्न गर्न अहोरात्र खटिने कर्मचारि एवम परियोजना प्रमुख क्रमश लक्ष्मी प्रसाद शर्मा,रामबहादुर रावल, फोकल प्रसन कैलाश मान श्रेष्ठ र प्लान इन्टरनेशनल नेपालका इन्जिनियर राजु खत्रि लाई सम्मान पत्र प्रदान गरिएको छ । भने कार्यक्रमको स्वागत बिधालयका प्रध्यानाध्यापक मुकुन्द प्रसाद पौडेल ले गर्नूभई बिधालयका बिधालय ब्यबस्थापन समितीका अध्यक्ष सुकै थारुको अध्यक्षतामा समापन भएको छ । उक्त कार्यक्रममा बालबालीकाहरुले स्थानिय झाकि, नृत्ये, एवम गाईजात्रा समेत प्रस्तुत गरेका थिए ।
बर्दिया प्रमुख जिल्ला अधिकारी,प्लान इन्टरनेशनल नेपाल केन्द्रिय कार्यालयका अभियान संचार निर्देशक प्रसन खाती,निति पैरबी र सरकार सम्बन्ध प्रबन्धक मदन राज जोशी, क्षेत्रीय निर्देशक मिना पराजुली, जिल्ला प्रहरि एवम शसस्त्र प्रहरी प्रमुख,बारबर्दिया नगपालीका प्रमुख छबिलाल थारु, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाही स्याक नेपालका अध्यक्ष,एवम समस्त कर्मचारिहरु,शिक्षा समन्वय इकाइका शाखा अधिकृत महेश देवकोटा,बारबर्दिया शिक्षा युवा तथा खेलकुद शाखा,शिक्षक अभिभावक संध, इलाका प्रहरि कार्यालय,बिधालय परिवार,अन्य स्थानिय तहका बुद्दिजिबीहरुको उपस्थितीमा भवन समुदघाटन तथा हस्तान्तरण कार्य सम्पन्न भएको थियो । यस कार्यलाई सफल बनाउनका लागी प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ बेद डाँगी, प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली,स्याक नेपाल बाँकेको टिम, बिधालय परिवार लगायतको करिब ८०० जनाको सहभागीता रहेको थियो ।