अमेरिकाको क्यालिफोर्नियामा ३ दिने युवा नेतृत्व गोष्ठी सम्पन्न

|

अन्तराष्ट्रिय युवा दिवस -२०२२ को अवसरमा विश्वभर युवा नेतृत्व तथा सहभगिताको विषयहरुमा विभिन्न खाले कार्यक्रमहरु भैरहेको सन्दर्भमा युथ युनेस्को क्लब , यु एस ए (Youth Unesco Club,USA)को आयोजनामा अमेरिका स्थित क्यालिफोर्निया, लसएन्जल्समा तिनदिने “YUC Youth Leadership Conference “ सम्पन्न भएको छ ।

सो कार्यक्रममा विभिन्न राष्ट्रका युवाहरु लगायत राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष अन्जना अधिकारी र अशोक चौलागाईको पनि अर्थपुर्ण सहभागिता रहेको छ ।

नेपालको युवाहरुको शैक्षिक गुणस्तर बृदि गर्न तथा युवाहरुलाई स्वदेशमै कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने मुल उध्येश्यका साथ राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष अन्जना अधिकारी र अशोक चौलागाईले यु एस सी युनिभर्सिटी अफ साउदर्न क्यालिफोनिया,लसएन्जल्समा भ्रमण समेत गर्नुभएको छ ।

YUC Youth Leadership Conference ले अन्तराष्ट्रिय रुपमा युवाहरुको नेटवर्क निर्माण गर्ने,विभिन्न राष्ट्रका युवाहरुको बिचमा ज्ञान,सिप तथा अनुभव आदानप्रदान गर्ने ,नेपाली भाषा,सभ्यता र संस्कृतिहरूलाई संरक्षण गर्दै पर्यटन प्रबर्दन गर्ने उध्येश्यसाथ अगाडी बढ्ने धारणा राख्दै युनेस्को क्लबको संस्थापक अध्यक्ष रिमेश खनालले भावी दिनहरुमा नेपाली युवाहरुलाई अन्तराष्ट्रिय डायस्पोरामा साझा प्लेटफर्म तयार गर्ने प्रतिबध्दता समेत ब्यक्त गरेका छन् ।

सामाजिक रुपान्तरणको लागि नेपाली महिलाहरुको महत्वपुर्ण भुमिका र अन्तराष्ट्रिय स्तरमा महिला समानताको अबस्थाबारे राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एंव महिला युवा नेता अन्जना अधिकारीले आफ्नो प्रस्तुति गर्नुभएको थियो भने नेपालमा युवा रोजगार तथा ब्यबसायिकता बारे राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष अशोक चौलागाईको आफ्नो अनुभवहरु शेयर गर्नुभएको थियो ।

अन्त्यमा द वल्ड नेपाल न्युजको प्रधान सम्पादक एंव क्लबका संस्थापक सदस्य डोल्मा लामाले पनि सुचना तथा सामाजिक संजालको माध्यमबाट विश्वभरीका युवा बर्गलाई जोड्न सकिने आफ्नो धारणा राख्दै युथ युनेस्को क्लब, यु एस ए ले थालनि गरेको यस अभियानलाई सबैले हातेमालो गरौ भन्दै सहयोग गर्न आह्वान गरिन् ।

२०७९ श्रावण २७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।