सामाजिक सघंसस्था स्थानीय सरकारको सहयोगी बन्दै

|

ठाकुरबाबा(बर्दिया) /  प्लान इन्टरनेशनल नेपालको साझेदारीमा विभिन्न साझेदार संस्थाले ठाकुरबाबा नगरपालिकामा बालबालिकाको हक अधिकारको लागि सन्चाालन गरिएका परियोजनाहरु प्रभाबकारी रहेको बताएका छन् । आज ठाकुरबाबा नगरपालिकामा पालिकासंगको समिक्षा तथा योजना बैठकमा सहभागी सहभागीहरुले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सन्चालित सम्पुर्ण कार्यक्रमहरु प्रभावकारी बन्दै गएको बताएका हुन् ।

प्लान इन्टरनेशनल नेपालको साझदारीमा ठाकुरबाबा नगरपालिकामा बाल विवाह न्युनीकरण परियोजना, बालबिवाह, चाँडै हुने विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना, बालबालिकाको सपना परियोजना, प्रत्याभुत संचार परियोजना, किशोेरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुधार परियोजना, आयआर्जन सम्बन्धि परियोजना, बहिनी परियोजना लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

प्लान इन्टरनेशनल नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुलीले स्थानीय सरकारसँग समन्वय तथा सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । प्लान इन्टरनेशनल नेपालले नेपाल सरकारले लिएको गुरु योजनालाई सफल पार्न सहयोगीको भुमिका खेलेको बताउनुभयो ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सन्चालित परियोजनाहरु बारेमा थारु महिला उत्थान केन्द्र गुलरियाका नरेश चौधरी, गेरुवा ग्रामिण जागरण संघका रामरुप कौशल, बाँके युनेस्को क्लबका डम्मर परियार, भेरी वातावरणीय बिशिष्टता समुह (बि–ग्रुप) बाल विवाह न्युनीकरण परियोजनाका परियोजना प्रबन्धक जगदिश थापा,सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल)का लक्ष्मी प्रसाद शर्मा, शेषकान्त शर्मा, बाके युनेस्को क्लबका कन्चन दहितले आ– आफना संस्थाले सम्पन्न गरेको क्रियाकलापहरु आगामी बर्षमा आयोजना गर्ने क्रियाकलापहरु बारे प्रष्ट पारेका थिए ।

पालिका संगको समिक्षा तथा योजना बैठक कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले प्लान इन्टरनेश्नल नेपालद्वारा संचालित सम्पुर्ण कार्यक्रमहरु प्रभावकारी भएको बताउदै आगामि कार्यक्रमहरु भौगोलिक विकटता क्षेत्र, भुगोल र मानब सुचकाङ्कका आधारमा अति कमजोर भएका बिद्यालय तथा क्षेत्रहरु छनोट गरेर कार्यक्रम संचालन गर्न सुझाब दिनुभएको छ ।

साथै प्लान इन्टरनेशनल नेपाललाई धन्यवाद प्रकट गरेका थए । सो कार्यक्रममा उपमेयर विना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल,वडा १ का वडा अध्यक्ष निमराज खनाल, वडा नं. ७ का वडा अध्यक्ष कलम बहादुर विस्टले आ–आफना विचार राखेका थिए ।

२०७९ श्रावण १०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।