विपन्‍न परिवारलाई सहयोग गर्दै सामाजिक अभियान्ता केपी खनाल

|

काठमाडौ / पछिल्लो समय विश्वभर कोभिड-१९ बाट मानवजिवनलाई ठुलो क्षति गरिरहेका बेला नेपालमा पनि त्यसको असर तिब्र गतिमा बढ्दै गएको छ । नेपालका देशभरका बिभिन्न गाउँका बिपन्न परिवारलाई खानाको समस्या परेको छ । यस्तो विसंम परिस्थितीको मध्येनजर गर्दै अहिले ” कोरोनाबाट त बाच्न सकिएला तर भोकमरी ले बाच्न सकिदैन ” भन्ने मुलभाव सहित देशका कान्छा सामाजिक अभियन्ता भनेर चिनिने सरसफाइ अभियन्ता केपी खनालले कैलालीमा रहेका अति बिपन्न परिवारलाई सहयोग गरेका छन् ।

खनालले आफ्नो फेसबुक, इन्टाग्राम, टुइटरमा सहयोगका लागि अपिल गरेका थिय र बिभिन्न व्यक्ति र संस्थाले सहयोग गरेका छन् । सुरुवातमा कैलाली लम्किचुहा-०३ व्यवस्थित नगरमा रहेको कमान सिह विकको परिवारलाई सहयोग गरेको र उक्त परिवारका छोराछोरीले लगाउने लुगाकपडा समेत नभएकाले हाम्रो सानु प्रयास काठमाडौंले सुरुवातमा रकम दिएपछि लत्ताकपडा किनेर दिएको बताए । केपी खनालले फेसबुकबाटै रकम संकलन गरेर देशको बिकट जिल्ला बाजुरामा एक अनाथ आश्रम पनि निर्माण गरिदिएका थिए ।

२०७७ असार ४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।