बर्दियामा २५ हेक्टर क्षेत्रमा वृक्षारोपण कार्यको शुभारम्भ

|

गुलरिया / बर्दियाको गुलरिया नगरपालिका बडा नं २ संगम बस्ती स्थीत बेलाफाटा रहको करिब २५ हेक्टर क्षेत्रमा वृक्षारोपण कार्यको शुभारम्भ गरिएको छ ।
डिभिजन वन कार्यालय बर्दियाको क्षेत्र अधिकार भित्र रहेको गुलरिया न।पा।(२ संगमबस्ती स्थित बेलाफाँटामा खालि रहेको करिब २५ हेक्टर क्षेत्रमा गर्न लागिएको वृक्षारोपण कार्यको लुम्बिनी प्रदेश वन, वातावरण तथा भु(संरक्षण मन्त्रालयका माननीय मन्त्री सुरेन्द्र हमाल शुभारम्भ गर्नु भएको छ ।

बस्ती छेउमा रहेको खालि स्थान करिब २५ हेक्टरलाई तारबार गरि वृक्षारोपण गर्न लागिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख वन अधिकृत प्रविन बिडारीले बताए । डिभिजन वन कार्यालय बर्दियाले विगतका बर्षमा पनि यस्ता किसिमका वृक्षारोपण गरिएको र यस आर्थिक बर्षमा पनि आजको वृक्षारोपण सहित करिब ४० हेक्टरमा वृक्षारोपण गरिएको समेत वन अधिकृत बिडारीले जानकारी दिए ।

लुम्बिनी प्रदेश कै ठुलो क्षेत्रफलमा वृक्षारोपण गरिएको मध्य को यो स्थान एक रहेको र यस्ता किसीमका स्थानहरु पहिचान गरि स्थानियहरु संगको समन्वयमा वृक्षारोपण गर्न लुम्बिनी प्रदेश वन, वातावरण तथा भु(संरक्षण मन्त्रालयका माननीय मन्त्री सुरेन्द्र हमालले भने । डिभीजन वन कार्यालय बर्दियाले पछिल्लो समय जिल्ला भित्रका खालि स्थानहरुको पहिचान गरि वृक्षारोपण कार्यलाई तिव्रता दिएको छ । वृक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननीय भुवनेश्वर थारू, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला र हरित अभियान्ता हेमन्त राज काफ्ले लगायतको उपस्थिती रहेको थियो ।

२०७९ असार २५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।