शिक्षामा गुणस्तर ल्याउनको लागि आईसीटी सामाग्री वितरण

|

बर्दिया / शिक्षामा गुणस्तर ल्याउनको लागि विद्यालयमा आईसीटी सामाग्री वितरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको आर्थिक साझेदारि तथा ठाकुरबाबा नगरपालीकाको समन्वयमा शारदा आधारभुत बिधालयमा आइसिटी सामाग्री सहयोग गरिएको छ ।
स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेबाट ठाकुरबाबा नगरपालीका वडा नं ५ का वडा अध्यक्ष एवम बिधालय ब्यबस्थापन समितीका अध्यक्ष शम्भु प्रसाद थारुलाइ आइसिटि सामाग्री अन्तरगत डेस्टप तथा एलीडी कम्युटर १२ सेट, लेपटप १ पीस, प्रोजेक्टर १ पीस एलीडी टिभि ४ पीस,कम्युटर टेवल १२ पीस, पेनड्राइप पीस ५ पीस,१५ कुर्चि,मल्टीपलक १० पीसको जम्मा १२,९९,७५६ बराबरको सामाग्री हस्तान्तरण गरिएको छ ।

सो हस्तान्तरण कार्यक्रममा स्याक नेपालका अध्यक्ष पाण्डेले जिल्ला भरिमा आधारभुत तहमा प्रबिधिमैत्री कक्षा, शिक्षण कृयाकलाप र अन्य गतिबिधी संचालन भई जिल्लाको नमुनाको रुपमा देख्ने सुन्न पाए पछि परियोजनाको उपलब्धी तथा सामाग्री सहयोगको उदेश्य पुरा हुने र यस कार्यका लागी बिधालय परिवार सदैव तत्पर हुनु पर्नेमा जोड दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा बिधालयका प्रधानाध्यापक नवराज ढुगांनाले बिगत १ बर्षदेखि स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सिकाइ परियोजना संचालनमा रहेको र परियोजनाले शैक्षिक पक्षमा महत्वपुर्ण सुधारका पक्षमा काम तथा उपलब्धी मुलक देखिएको र पुन यस प्रकारको सामाग्री सहयोगले बर्दिया जिल्लाको आधारभुत तहमा प्रबिधि मैत्री कक्षा शिक्षण गरि नमुनाको रुपमा बनाउने प्रतिबद्दता जनाउनु भयो ।

उक्त कार्यक्रममा ठाकुरबाबा नगरपालीका शिक्षा शाखाका प्रा.स. ऋषि प्रसाद गड्तोलाले बिधालयमा प्रबिधि मैत्री कक्षा तथा सिकाइ वातारण सृजना हुने र यसले दिर्घकालिन रुपमा प्रबिधिमैत्री शिक्षण सिकाइ कृयाकलाप संचालन भइ नमुनाको रुपमा संचालन हुनेमा आफुले अपेक्षा गरेको बताउनु भयो । यस सामाग्री हस्तान्तरण कार्यक्रममा बिधालय ब्यबस्थापन समितीका पदाधिकारी, शिक्षक अभिभावक संधका पदाधिकारीहरु,अभिभावक,शिक्षक, शिक्षा युवा तथा खेलकुद शाखा प्रतिनिधि, स्याक नेपाल बाँकेका कार्यसमिती सदस्य आदिको सहभागीता रहेको थियो । कार्यक्रमको उदेश्य, महत्व, लागत अनुमानीत लागत बिबरण बारे परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले प्रकाश पार्नूभएको थियो ।

२०७९ असार ९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।