सामाजिक उत्तरदायित्व अन्तर्गत बर्नहार्ट कलेजद्धारा कार्यक्रम सम्पन्न

|

काठमाण्डौं । काठमाण्डौं बर्नहार्ट माध्यमिक बिद्यालय तथा कलेज  (Kathmandu BernHardt Secondary Scholl & College) ले काठमाण्डौैं उपत्यकाका करिब १०० बिद्यालयहरुका प्रिन्सीपल तथा प्रमुखहरुको गरिमामय उपस्थिती र प्रा.डा. जय राज अवस्थीको प्रमुख आतित्थतामा सामाजिक उत्तरदायित्व अन्तर्गत  “Kathmandu Regional School Principals’ Workshop on Socio-Educational Issues as Challenges for Formal Education” नामक  कार्यक्रम सम्पन्न गरेको जानकारी कलेजका प्रिन्सीपल अमृतबाबु भट्टले बताउनुभयो ।

कलेजका अध्यक्ष श्री भुपेश छतकुलीले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रथम बक्ताको रुपमा बर्नहार्ट कलेजका प्रमुख सल्लाहाकार प्रा.डा. नारायण प्रसाद चापागाँईले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उदेश्यको बारेमा प्रस्ट पार्नु भएको थियो । दुई चरणमा बिभाजित कार्यक्रमका प्रमुख बक्ताको रुपमा उक्त कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. जय राज अवस्थीले सामाजिक, शैक्षिक बिषयहरु र चुनौतीहरुको विषयमा आफ्नो प्रस्तुतीकरण दिदै सहभागीहरुको ध्यानाकर्षण गर्नु भएको थियो ।

पहिलो चरणको कार्यक्रम सम्पन पश्चात् उपस्थित बिभिन्न स्कुल तथा कलेजका प्रमुख तथा प्रतिनिधिहरुलाई बिभिन्न ८ वटा बिषयगत समस्याहरुमा समूहगत छलफल गदैं ८ बुँदे घोषणापत्र तयार पारी कार्यक्रम सम्पन्न भयो । उक्त कार्याक्रममा  Case of Single Parent, Broken Family, Parenting Style, Diversity in Classroom, Drugs Addiction, Addicted to Mobile and Internet etc., Severe Illness, and Children in Relation  बिषयहरुमा बिभिन्न समुह निर्माण गरी बुदाँगत छलफल गरी १० बुँदे घोषणापत्र तयार गर्न सफल यस कार्यक्रमले आगामी दिनहरुमा बिभिन्न प्रदेशहरुमा समेत यस्ता खालका कार्यक्रम गर्दै शैक्षिक रुपान्तरणमा यस कलेजले थप योगदान पु¥याउने लक्ष्य राखेको कुरा यस कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी गराउनुभयो ।

२०७९ असार ५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।