बर्दिया / शिक्षामा गुणस्तरीयता ल्याउनको लागि एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणाली सम्बन्धी २ दिने कार्यशाला बर्दियामा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल, नेपाल सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको आर्थिक तथा प्राबिधीक सहयोग र शिक्षा बिकास तथा समन्वय इकाइ बर्दियाको समन्वय सहजिकरणमा एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणालि सम्बन्धी २ दिने कार्यशाला शुरु गरिएको थियो ।
बर्दिया जिल्लाका ८ वटा स्थानिय तहका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख एवम IEMIS कर्मचारिहरुको सहभागीता रहेको थियो । उक्त कार्यशालामा स्थानिय तहमा एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणालि IEMIS मा हाल गरिरहेका असल अभ्यास बारे सिकाइ आदान प्रदान, इमीसमा देखिएका चुनौती, IEMIS को आधारभूत अवधारणा,परिचय,प्रकार र दृष्टिकोणहरू,अभ्यासहरूको समीक्षा,विद्यालय लेखा प्रणाली IEMIS र यसको रोलआउट बारे परिचय र छलफल,विद्यालय स्तर IEMIS मा समीक्षा र हालको अद्यावधिक,विद्यालय स्तर IEMIS मा मूल्याङ्कन र थप सुधारको लागि साझेदारी,स्थानीय तहको कक्षा ८ को परीक्षा,व्यवस्थापन स्थानीय तहको कक्षा ८ को परीक्षा ,मार्क लेजर र ग्रेडशीट निकाल्नको लागि व्यावहारिक अभ्यास, IEMIS वेब पोर्टलमा छलफल र व्यावहारिक अभ्यास, PMT आधारित छात्रवृत्ति अद्यावधिक गर्न छलफल र व्यावहारिक अभ्यासका साथै बर्दिया जिल्लाका सबै स्थानिय तहमा IEMIS एकरुपताका लागी कार्ययोजना निर्माण गरेको जानकारी परियोजना अधिकृत लक्ष्मी शर्माले जानकारी दिनुभयो ।
एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणालि २ दिने कार्यशालाको समापन सत्रमा, प्रशिक्षक शंकर बहादुर थापा, स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रमको समापन सत्रको अध्यक्षता गर्नुभएको जिल्ला शिक्षा बिकास समन्वय इकाइ बर्दिया प्रमुख रेबिका अमात्यबाट समापन गरिएको थियो । यस कार्यशालालाई शिक्षा मन्त्रालयमा लामो समयदेखि कृयाशिल बिज्ञको रुपमा रहनु भएका पुर्व उपसचिब शंकर बहादुर थापा,एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणालि IEMIS का बिज्ञ सम्बेदन कोइरालाले गर्नु भएको थियो । दुइदिन सम्म संचालन भएको कार्यशालामा बर्दिया जिल्लाका ८ वटा स्थानिय तहका शिक्षा युवा तथा खुलकुद शाखा प्रमुख र IEMIS अध्याबधिक गर्ने सहायक कर्मचारि र शिक्षा बिकास समन्वय इकाई बर्दियाका कर्मचारी गरि १८ जनाको सहभागीता रहेको थियो ।






