काठमाडौं उपत्यकामा भूकम्पको धक्का

|

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । शनिवार बिहान साढे २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भक्तपुरको ददिकोट आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

केन्द्रले ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिएको छ ।

२०७९ जेष्ठ २७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।