मधुवन(बर्दिया) / प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा बिभिन्न परियोजना संचालन गरेका सामाजिक संस्थाले मधुवन नगरपालिकामा आज आफना परियोजना बारे जानकारी प्रदान गर्नुको साथै स्थानीय सरकारसँग समन्वय बैठक गरेको छ ।
सो समन्वय बैठकको प्रमुख अतिथि मधुवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नोखीराम ओलीले सम्पुर्ण सामाजिक संस्थाहरुलाई समयमै आफना कार्यक्रम तथा बजेट मधुवन नगरपालिकामा बुझाउन आग्रह गर्नुभयो । साथै उहाँले कार्यक्रम डुप्लीकेशन नगरि परियोजना सन्चालन गर्न समेत अनुरोध गर्नुभयो ।
सो बैठकमा भेरी वातावरणीय विशिष्टता समुहबाट वाल विवाह न्युनीकरण परियोजनाका परियोजना ब्यव्स्थापक जगदिश थापा, नेतृत्व र निर्णय परियोजनाका कार्यक्रम संयोजक सूर्य नेपाली, स्याक नेपालका परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्मा, बाँके युनेस्को क्लबका डम्मर सुनार र गेरुवा संस्थाबाट अनुगमन तथा मुल्याङ्कन अधिकृत एकता भण्डारीले आआफनो संस्थाले गरेको कार्यक्रम तथा बजेट तथा आर्थिक बर्ष ०७८/०७९ मा गरिने कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।
सो बैठकमा विषयगत शाखा प्रमुख तथा वडा नं. १ का वडा अध्यक्ष मिन बहादुर थापा, वडा नं.३ का वडा अध्यक्ष नारायण मल्ल, वडा नं.४ का वडा अध्यक्ष बलिराम चौधरी र वडा नं.५ का वडा अध्यक्ष दिलिम गुरुङ्गको सहभागिता रहेको थियो । सो कार्यक्रम मधुवन नगरपालिका उप मेयर अनिता चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षा शाखाका प्रमुख नारायण प्रसाद खनालले गर्नु भएको थियो ।






