नेपालगन्ज / भेरी वातापरणीय विशिष्टता समुह बी–ग्रुप र विश्वका चिकित्सकको साझेदारिमा नेपालगन्ज उपमहानगरपालिका , खजुरा गाउँपालिका र डुडुवा गाउँपालिकामा सन्चालन भैरहेको “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना“ ( Supporting Occupational and Environmental Health Project–Banke) को अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाको नवनिर्वाचित मेयर प्रशान्त बिष्टले स्थानीय तहसँग समन्वय र सहकार्य गरि अघि बढ्नु पर्ने बताउनु भयो । साथै उहाँले आफनो स्वास्थ्यको लागि सदैव सचेत हुुनु पर्नेमा जोड दिनु भयो ।
बी–ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले संस्थाका संस्थागत जानकारी गराउनु भएको थियो भने परियोजनाको बारेमा बिस्तृत जानकारी विश्वका चिकित्सकका कार्यक्रम प्रबन्धक वसन्त थापाले प्रकाश पार्नु भएको थियो।
उक्त कार्यक्रममा उपस्थित तीन वटै पालिकाका जनप्रतिनिधि, कृषि , स्वास्थ्य र वातावरण शाखाका पदाधिकारी , एबम विभिन्न सरोकारवाला निकायहरुबाट उक्त कार्यक्रम कार्यान्यनको लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उक्त कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाको नवनिर्वाचित मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्य तथा बी–ग्रुपको अध्यक्ष टेक बहादुर पुनको सभापतित्वमा सम्पन्न भएको थियो ।






