तामाङ सोसाईटी अफ पेन्सनभेनियाको नयां कार्यसमिति चयन

|

गत जुन ४ तारिखको दिन पेन्सनभेनिया फिलाडेल्फिया अमेरिकामा बसोबास गर्ने तामाङ समुदायको संस्था “तामाङ सोसाईटी अफ पेन्सनभेनिया” को आयोजनमा समर पिकनिक तथा दोश्रो महाधिवेशन सम्पन्न भएको छ ।

दोस्रो महाधिबेशन मार्फत युवा, जुझारु एंव सक्रिय अभियान्त कविलाल घिसिङको नेतृत्वमा नयां कार्यसमिति निर्वाचित भएको छ ।
घिसिङको अध्यक्षता र नेतृत्वमा ११ जनाको कार्यसमितिको गठन भएको हो ।शनिबार Nockamxion State Park मा सम्पन्न भएको सो कार्यक्रममा सस्थाको पुर्व कार्यसमितीलाई सम्मान गर्दै विदाई गरेके थियो ।

कर्म छिरिङ मोक्तानको नेतृत्वमा रहेको पुर्व कार्यसमितिले सन २०२१ साल सम्म कार्यकाल सम्हालेका थिए।

गुम्बा तथा बुद्दिष्ट सेन्टर स्थापनाको लागि पन्च बर्ष भित्र पुरा गर्ने योजना सहित कर्म छिरिङ मोक्तानको अध्यक्षतामा पांच सदस्य समिति गठन गरेको छ ।
संस्थाले प्रत्येक वर्ष समर पिकनिक कार्यक्रमको आयोजना गरि फिलाडेल्फिया वरपर बसोबास गर्ने तामाङ तथा अन्य नेपाली समुदायको भेटघाट गर्दै नेपाली समुदायलाई एकबद्द गर्दै आईरहेको कुरा संस्थाको मिडिया संयोजक सुरेन्द्र योन्जनले बताएका छन् ।

उनको भनाई अनुसार तामाङ सोसाईटी अफ पेन्सनभेनियाले तामाङ समुदायको मात्र नभई हरेक नेपालीहरुको दुखमा साथ सहयोग गर्दै आईरहेको छ र अन्य संघसंस्थाहरुलाई समेत हातेमालो गर्दै आफ्नो भाषा,संस्कृति र रितिरिवाजको संरक्षणमा सधै लागिरहेको छ।

२०७९ जेष्ठ २२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।