एन आर एन अमेरिकाको महिला बिभागद्वारा सुस्मिता रेग्मिको न्यायको लागी अपिल

|

संयुक्त प्रेस बिज्ञप्ती:
एन आर अमेरिकाकी उपाध्यक्ष दिक्षा बस्नेतको अध्यक्षतामा हाल एन आर अमेरिकाको महिला बिभाग द्वारा नेपालमा हाल बलात्कार पिडित सुस्मिता रेग्मिको न्यायको लागी अपिल गरेको छ ।

पिडितले बर्षौ अघी आफुले भोगेको बलात्कारको पिडा र आफु माथी भएको यौन हिंसा र शारिरिका पिंडा सुन्दा असाध्यै कहाली लाग्दो छ।
हाल अपराधी समातिए पनि पिडित सुस्मिताले मुख खोलेपछी अरु धेरै छोरीचेली, विद्यार्थीहरु, जो आफ्ना शिक्षक बाटै यौन दुर्ब्यबहार खपिरहेका छन यस्ता अपराध बिरुद्द अब खुलेर बहस गर्ने समय आएको छ ।
सुस्मिता रेग्मी एक बाहिर आएकी पात्र हुन भने कयौं चेलीहरु घटनालाई दबाएर हिंसा सहेर बस्न अझै बाध्य छन्।

पिडितले न्याय पाउन सडकमा जानु पर्ने बाध्यताले अपराधिहरुको मनोबल थपिदै जाने र यस्ता घट्नाहरु बढ्दै जाने हुंदा बलात्कारको बिषयमा उजुरी गर्न कुनै म्याद तोकिनु हुँदैन भन्ने आवाज आम सर्बाहाराको माघसंगै पिडितले न्यायको ढोका ढक्ढक्याउन पाउनु पर्छ भन्ने कुरामा जोड दिनु जरुरी देखिन्छ ।
स्वदेशमारहनुभएका आम दिदिबहिनीहरुले सडकम उत्रेर न्यायको लागी दबाब दिएपछी नै बलात्कारी लाई छानबिनको निम्ति थुनामा राखियो ।
त्यसैले हामी प्रबासमा लाखौंको रुपमा बसेका महिलाहरुले पनि हिंसा र बलात्कार बिरुद्द आवाज उठाउदै हामी भौतिक रुपमा त्यहाँ उपस्थित नभए पनि कसरी पिडितहरुलाई हाम्रो साथ सहयोग र समर्थन हुनसक्छ भन्ने बिचारले गैर आबासिय नेपाली संघ अमेरिकाको पहलमा समपुर्ण स्थानिय स्ंघसस्थाका प्रतिनिधी महिलाहरु, महिला अधिकारकर्मी, कानुनविध , समाजसेवी , लगायतको सामुहिक बैठक/ छलफल गरी यो संयुक्त बिज्ञप्ती जारी गरिएको हो।


हिंसा र बलात्कार बिरुद्द स्ंसार भरी छरिएर रहनु भएका सम्पुर्ण महिलाहरु एकजुट भएर नेपाल सरकारका सम्बन्धित निकायहरुमा हाम्रो एकबद्द आवाज र दबाब भोलिका दिनमा रहने र पिडि हरुका लागी हाम्रो साथ सदैब रहने बचन बद्दतका साथ बलात्कारी लाई कडा भन्दा कडा सजायको माग समेत गर्दछौं ।

तसर्थ हाल प्रावधान रहेको बलात्कार एवं यौनजन्य दुर्व्यवहारमा भएको कानुनी हदम्यादलाई तुरुन्त खारिज गरी त्यसको हदम्याद नतोकिने र जहिले सुकै पनि उजुरी गर्न पाउने कानुनी व्यवस्थाको लागि नेपाल सरकार समक्ष आग्रह गर्दै विद्यालयहरुमा ७ कक्षा देखी नै अनिवार्य रुपमा यौन शिक्षालाई शसक्त रुपमा लागु गर्न पनि अनुरोध गर्दछौं भन्दै एन आर एन अमेरिकाको महिला बिभागद्वारा संयुक्त प्रेस बिज्ञप्ती जारी गरिएको छ ।

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।