लसएन्जल्समा कुन्ती मोक्तान तथा शिला ब.मोक्तानको सांगितिक सॉंझ सम्पन्न

|

क्यालिफोर्निया/ तामाङ सोसाईटी अफ लसएन्जल्सको आयोजनामा हिजो मे २८ शनिबारको दिन लोकप्रिय गायिका कुन्ती मोक्तान तथा संगीतकार शिला ब.मोक्तानको सांगितिक सॉंझ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

चर्चित कलाकार मोक्तानले नेपाली लोक शैलीलाई आधार बनाएर थुप्रै आधुनिक गीतहरुका साथै माथि माथि सैलुङ्गेमा र निष्ठुरी मायालु जस्ता गीतहरू सुनाएर लसएन्जल्सको दर्शकहरुको मन जित्न सफल हुनुभएको छ।

कार्यक्रममा हाल अमेरिकाको भ्रमणमा रहनु भएका दम्पत्ति/जोडी कुन्ती मोक्तान तथा शिला बहादुर मोक्तानलाई आयोजक संस्थाले उहॉंहरुले सांगितिक क्षेत्रमा दिनुभएको योगदानको कदर गर्दै उच्च सम्मान गरेका छन् साथै सोही अवसरमा वरिष्ठ सामाजिक अभियान्त भेदभक्त जोशी र एनआरएन ए अभियान्त रोसन अधिकारीलाई पनि तामाङ सोसाईटीको अध्यक्ष टेक लामाले सम्मान प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

यसै गरी  एनआरएन युएसएका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा , पशुपतिनाथ फाउण्डेसनका महासचिव रामेश्वर भण्डारी,एनआरएन युएसएका बोर्ड अफ डाईरेक्टर तथा गुरुङ सोसाइटी अफ लस एन्जलसका  अध्यक्ष ज्ञानेन्द्र  गुरुङ, प्रवासी नेपाली मन्च क्यालिफोर्नियाका अध्यक्ष कृष्ण गुरुङ,NWGN लसएन्जल्स च्याप्टरका अध्यक्ष, सपना थपलिया,सामाजिक अभियान्तहरु कृष्ण कोईराला, दिल बहादुर श्रेष्ठ,सुबास भण्डारी, डन कार्की , तिलक कार्की लगायत सामुदायिक सदस्यहरुको गुणात्मक सहभागिता थियो र छोटो समयमा आयोजित यस सांगितिक भेटघाट कार्यक्रमलाई सफल बनाउन साथ दिनुहुने सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरु तथा उपस्थित सम्पुर्णलाई संस्थाका अध्यक्ष टेक लामाले हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

२०७९ जेष्ठ १५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।