पेट्रोलियम पदार्थको मुल्य वृद्धि

|

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाउँदा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ ।

यससँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पर्ने छ।

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।