अघोषित लोडसेडिङ विरुद्ध ज्ञापन पत्र

|

नेपालगन्ज/  नेपालगन्जमा अघोषित लोडसेडिङ र बिधुत प्राधिकरणको चरम लापरबाहीको विरुद्ध नेपालगन्जमा बिरोध प्रदर्शन गरिएको छ । बिगत केही दिन देखि नेपालगन्जमा भैरहेको अघोषित लोडसेडिङ र प्राधिकरणको लापरबाहीले आम सर्वसाधारण लाई धेरै सास्ती भोग्नु परेको छ ।

जेठ ६ गते शुक्रवार बिद्धुत प्राधिकरण अगाडि प्रदर्शन गरि कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाइएको अभियान्ता सन्जय श्रेष्ठले बताउनुभयो । सर्व प्रथम श्रेष्ठले सामाजिक सन्जालमा विद्युतको समस्यालाई लिएर पोष्ट गरे पछि यो विरोध अभियानले मुर्त रुप लिएको हो ।

अभियान्ता प्रकाश कुवरले यो हाम्रो समस्या मात्र होइन सबैको समस्या भएको बताउनु भयो। बैठकमा सामाजिक अभियान्ता, नागरिक समाजका कृष्ण प्रसाद श्रेष्ठ लगायत नागरिक समाजको सहभागिता रहेको थियो ।

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।