इजरायली सेनाको आक्रमणबाट अजजिराकी पत्रकार अकलेहको मृत्यु

|

अलजजिराकी वरिष्ठ पत्रकार शिरिन अबु अकलेहलाई इजरायली फौजको कब्जामा रहेको वेस्ट बैंकमा गोल हानी हत्या गरिएको छ ।
उनि त्यहाँ रहेको जेनिन शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार संकलनको क्रममा थिइन् ।

सोही आक्रमणमा जेरुसेलमको अल–कुड्स अखबारका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार पनि घाइते भएका छन् ।

‘ह्युमन राइट्स वाच’का लागि इजरायल र प्यालेस्टाइन निर्देशक ओमार शाकिरले इजरायली सेनाद्वारा अबु अक्लेहको मृत्यु असामान्य नभएको प्रतिक्रिया दिएका छन् ।

‘प्रेस भेस्ट’ लगाएर रिपोर्टिङ गरररहेको अवस्थामा उनीमाथि इजरायली सेनाले गोली हानेको अलजजिराले जनाएको छ । यस क्रममा अर्का एक प्यालेस्टाइनी पत्रकार अली अल समौदी घाइते भएका छन् ।

इजरायली सेनाले व्यवस्थित रुपमा यस क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको अजजिराको भनाइ छ । यस बाहेक पनि इजरायली सेनाले पछिल्लो समय यस क्षेत्रमा अरु पनि प्यालेस्टाइनी पत्रकारको पनि हत्या गरेको बताइन्छ । जुन घटनाबारे अनुसन्धान गरिनुपर्ने भन्दै आवाज उठाइएको छ ।

२०७९ बैशाख २८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।