बर्दिया / प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह(बी– ग्रुप)ले बर्दिया जिल्लामा सन्चालन रहेको बाल विवाह न्युनीकरण परियोजनाका परिवर्तनका सम्वाहक (सिओसी) सहजकर्तालाई ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेको छ । सो परियोजना बर्दिया जिल्लाको मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा सन्चालन रहेको परियोजनाका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिनुभयो ।
सो तालिममा सहजकर्ता बी–ग्रुपका प्राविधिक संयोजक प्रकाश कुमार कुमार शर्मा र प्लान ईन्टरनेशनल नेपालका विनय ज्ञवालीले परिवर्तनका सम्वाहकको मोडुल १ र २ बारे सहजीकरण गर्नु भएको थियो । यस तालिममा लैङ्गिक समानता, सकारात्मकता, सन्चार सीप, शक्ति एजेन्सी,जीवनको लक्ष्य र निर्णय बारे जानकारी गराईएको थियो ।
बाल विवाह न्युनीकरण परियोजनाले विद्यालयहरुमा छात्राहरुको निरन्तरताका लागि सहकार्य गर्ने ,किशोर किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ज्ञान प्रदान गर्न सहयोग गर्ने,युवा विशेष गरि किशोरी तथा युवा महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्नका लागि सहयोग तथा सहकार्य गर्ने,परम्परागत हानिकारक अभ्यासहरुबाट समाजमा भएका विभेदकारी मुल्यमान्यताहरुलाई परिवर्तन गर्न सहकार्य गर्ने र बाल संरक्षण तथा युवा सहभागिता सम्बन्धि नीतिगत ब्यवस्था सुदृढ गरि बाल विवाह, छिटो विवाह र दवावमा हुने विवाहलाई न्युनीकरण गर्न समन्वयत तथा सहजीकरण गर्ने रहेको छ ।






