विनेसाम नेपाल बाँके शाखाको गठन तथा कृति समिक्षा

|

नेपालगन्ज / विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखा, लुम्बिनी प्रदेशले आयोजना गरेको दुई कृतिमाथि समिक्षा र नयाँ कार्यसमितिको घोषणा कार्यक्रम विनेसाम नेपाल शाखा कि अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा र विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको प्रमुख आतिथ्यमा भर्चुअल माध्यमबाट भव्य रुपमा सम्पन्न भयो । विनेसाम नेपाल शाखाद्वारा प्रकशित संयुक्त कृति ’’साहित्य एक विधा अनेक’ माथि हिरा बहादुर खत्रीले अत्यन्तै राम्रो समिक्षा गर्नु भयो ।

सुनिता राई कन्दङ्वाको कथा सङ्ग्रह ’तिउरी’ माथि गीता अर्याल तथा प्राध्यापक बालकृष्ण शर्माले सुन्दर टिप्पणी र दृष्टिकोण राख्नु भयो । विश्व नेपाली साहित्य महासङ्घ लुम्बिनी प्रदेश अन्तर्गत बाँकेमा नयाँ कार्यसमिति को घोषणा विनेसाम नेपाल शाखाकि अध्यक्ष कल्पना पौडेलले गर्नुभएको थियो ।
नयाँ कार्यसमिति यस प्रकारको रहेको छ ।
अध्यक्ष–गिता अर्याल
उपाध्यक्ष –हिरा वहादुर खत्री
सचिव–महेन्द्र सेढाई
सह–सचिव–विरमान केसी
कोषाध्यक्ष–जयन्ती क्षेत्री
सदस्यहरू–हिमाल शर्मा,लक्ष्मण सापकोटा,प्रतिभा अर्याल, अन्तरिक्ष देवकोटा,लक्ष्मी महतरा र विमला परियार सहित ११ सदस्य रहेको समिति गठन भएको छ । विनेसाम नेपाल लुम्बिनी शाखाका अध्यक्ष लेक प्रसाद प्याकुरेल ले सन्चालन गरेको कार्यक्रम मा स्वागत मन्तव्य उपाध्यक्ष चरित्रा शाह ले गर्नुभयको थियो। विशिष्ट अतिथि प्रा डा. भिम खतिवडा महासचिव सुनिता राई कन्दङ्वा र विश्व दिप लिङ्गेला ले नयाकक समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो । सल्लाहकार डा इन्द्र वहादुर भण्डारी ऋषिराम सापकोटा,साहित्यकार डा जनार्दन आचार्य, किरण आचार्य , महानन्द ढकाल , विनेसाम नेपाल शाखाबाट महासचिव अम्विका याम्फु अनमोल सहित ३० जना भन्दा वण् िसाहित्यकारहरू देशविदेसबाट जोडिनु भयको थियो । एक दर्जन भन्दा वढि साहित्यकारहरूबाट रचनाबाचन भयको थियो ।

विश्व नेपाली साहित्य महासङ्घले नेपाली साहित्यको उन्नयनमा टेवा पुर्याउन देश तथा बिदेशमा आफ्ना शाखाहरु स्थापना गर्ने क्रममा आज लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लामा अर्को परिवार जोड्नु भएकोमा आफु अत्यन्त हर्षित भयको कुरा प्रमुख अतिथिले शुभकामना मन्तव्यमा राख्नु भएको थियो ।

२०७९ बैशाख २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।