युवाहरुलाई मतदाता शिक्षा सम्बन्धी अभिमुखिकरण

|

नेपालगन्ज / नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौंको आयोजनामा जिल्ला युवा क्लब संजाल बाँकेको समन्वयमा IFES को सहयोगमा बाँकेमा संचालित परियोजना अन्र्तगत महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज,मंगल मा.वि.नेपालगन्ज,ज्ञानेदय क्याम्पस खजुरा,होलिल्याण्ड कलेज,जय जनता मा.वि नयाँ बस्ती मनिकापुर,जय किसान मा.वि र महेन्द्र मा.वि. नरैनापुरका ४०० जना युवाहरुलाई १ दिने मतदाता शिक्षा अभिमुखिकरण प्रदान गरिएको छ ।

सो कार्यक्रममा स्थानीय तह सदस्य निर्वाचन २०७९ प्रक्रिया,स्थानीय तह निर्वाचनको आवश्यकता,भोट गर्ने तरिका,मत बदर हुने अवस्था,मतदाताको अधिकार र दायित्व,मतदान प्रक्रिया बारेमा छलफल गरिको थियो ।

कार्यक्रमको सहजिकरण युवा अभियन्ताहरु सुरज गुरुङ्ग,रहिमत जँहा खान,स्वेता गुरुङ्ग,राजेन्द्र बिष्ट,अन्जना चतुर्वेदी,दिव्या बर्मा,दिपा सुनार,मेघ ब.खत्री,रुपेश बर्मा,गोविन्द यादव,दुर्गेश यादव,अनिल बर्मा,मेनुका रावत,अंकित मिश्र,मकबुल अहमद मुकेरी,बाल कुमारी रोकाय,सिराज शेष लगायत युवाहरुले गर्नु भएको थियो । कार्यक्रम बारे जानकारी नेपाल युवा संस्था संजाल आयोन बाँकेका फोकल र्पसन राजन बर्मा दिनु भएको छ ।

२०७९ बैशाख २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।