विनेसाम नेपाल शाखाद्धारा रचना बाचन गरि आमालाई सम्मान

|

काठाण्डौं / विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाले मातातीर्थ औँसीको अवसर पारेर आमाहरूलाई शुभकामना सहित रचना बाचन कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ। विनेसाम नेपाल शाखा कि अध्यक्ष कल्पना पौडेल “जिज्ञासु“ को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिक्किम विश्व विद्यालयकि डिन प्राध्यापक डाक्टर कविता लामा , विशिष्ट अतिथिहरू विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र राई प्रदेशि ,महासचिव सुनिता राई कन्दङ्वा, साहित्यकार किरण आचार्य सहित विभिन्न देशहरूबाट २५ जना भन्दा बढी साहित्यिक व्यक्तित्वहरूद्वारा आमा विशेष रचना बाचन गर्नुको साथै शुभकामना दिनुभएको थियो।
कार्यक्रममा प्रदेश शाखाहरुबाट पनि उपस्थिती रहेको थियो ।

बिनेसाम नेपाल शाखाका सचिव कृष्ण केसिले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन नेपाल शाखाकि महासचिव अम्विका राई अनमोलले गर्नु भएको थियो। रचनाबाचन गर्नेहरूमा– रमा उप्रेती, गंगा आचार्य, सुरेश पाण्डे ,कमला भण्डारी ढकाल ,रमेन्द्र कोइराला, प्रतिमा शर्मा, इन्दिरा गौतम यमनाथ सुबेदी ,मुना सिग्देल सुनिता राइ कन्दङवा, बसु किरण आचार्य, ऋृषिराम सापकोटा सुरेन्द्र लिम्बु परदेशी, शान्ता खवास, अम्बिका याम्फु अनमोल, प्राध्यापक डा.कविता लामा, कृष्ण के सि, कल्पना पौडेल” जिज्ञासु “ लगायतले आमामा समर्पित रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा ढुन्डीराज ढकाल, बिमला अधीकारी देवकोटा, कल्पना राइ (रोदुङ) कल्पना खरेल, दीपा भट्टराइर्, लेक प्रसाद प्याकुरेल आदीको उपस्थिती रहेको थियो ।

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।