बर्दिया । समाजसेवामा सदैव सक्रिय चन्द्रकला विक बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.३ को स्थानीय नागरिकहरुको प्रिय बन्दै गएकी छिन् । उनी २०६२/६३ जनआन्दोलनमा होमिदै गर्दा आफनो राजनिति यात्रा सुरु गरेकी चन्द्रकला विक नेकपा एमालेको बर्दिया जिल्ला सदस्य हुन् । आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनको बढैयाताल गाउँपालिकाको वडा नम्वर ३ बाट दलित महिला सदस्य पदको उम्मेदवार हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेबाट बढैयाताल गाउँपालिकाको वडा नम्वर ३ बाट दलित महिला सदस्य उम्मेद्बार बनेकी उनी अहिले पनि वडा सदस्यमा उम्मेदवारी दिएकी छन् उनी बढैयाताल गाउँपालिकाको कार्यपालिका सदस्य भएर पनि निर्णायकमा मुख्य भुमिका समेत खेलेकी छिन् । बुवा ओबीराम विक र आमा कौशिला सुनारका कोखबाट २०३४ सालमा जन्मनु भएकी विक राजनितिक यात्राको थालनी गर्दै उनि विभिन्न संघ सस्थामा रहि काम गर्दै समाज सेवा गर्दै आएकी छिन् ।
विक स्कुल पढ्दा देखिनै बुवाआमा र शिक्षकको प्रेरणाले राजनितिमा लागेकी हुन् । राजनितिमा महिला सहभागिता बढाउनका निम्ती महिला स्वयमको अग्रसरता र पाटिले महिलालाई अवसर जिम्मेवारी सुम्पने गरेमा पुरुष सरह महिलाले पनि राजनिती गर्न सक्छन् भन्ने सोच राख्ने विकले आफ्नो वडाको हरेक दुखीहरुको सारथी बनेका छन् । बढैयाताल गाँउपालिका वडा नं. ३ मा गरिब दुखीहरुको सहयोगी विक अहिले वडा नं. ३ को वडा दलितको कोटाबाट सदस्यमा उम्मेदवारी दिएकी छिन् ।
उनी आफुलाई एक समाजिक सेवकको रुपमा स्थापित गरिसकेको छिन् । २०७४ सालको चुनावमा दलित महिलाको कोटाबाट वडा सदस्यमा जित हात पर्न सफल भएकी थिईन् । चुनाव जितेपछि उनी निरन्तर वडाबासीहरुको सेवामा लागी परेको थिईन । उनले पार्टीमा निरन्तर सक्रियता र वडामा मानिसहरुलाई गरेको सेवा देखेर उनलाई पार्टीले पुनः वडा नंं ३ को दलित महिलाको कोटाबाट वडा सदस्यको टिकट दिएको छ । उनी राजनिती गर्नु भन्दा पहिला महिला स्वास्थ्य स्वयंसेविका भएर काम गरेर मानिसहरुको सेवामा लागि परेका थिईन ।
अहिले पनि वडामा हेर्ने हो भने दलित महिलाको कोटामा उनी भन्दा अव्वल कुनै उम्मेदवार रहेका छैनन् । उनले विभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरेर एक सय भन्दा बढी विपन्न मानिसहरुलाई भाँडा वितरण गरिन, बढैयाताल गाँउपालिका वडा नं. ३ वडामा रहेको भवानी मध्यामिक बिद्यालय भवानीपुर, सरस्वाती निम्न मध्यमिक बिद्यालय सोरहवा र भवानी प्राथामिक विद्यालय गोवरेपुर, स्कुलमा गरी विपन्न वर्गका ७ सय बढी विद्यार्थीहरुलाई स्कुलको पोसाक वितरण गरेका छिन् ।
उनले वेला वेलामा चिकित्सकहरु सँग समन्वय गरेर ४ सय बढी बृद्धा बृद्धहरुलाई स्वास्थ्य परिक्षण गर्न सहयोग गरिन । विद्युत नभएका विपन्न वर्गका परिवारहरुको घर सम्म विद्युत पु¥याउनका लागि १ सय ५० ओटा विद्युतको पोलहरु जडान गर्न लगाईन । डेभलपमेण्ट सोसाईटीको सहयोगमा धारा जडान समेत गरेकी छिन् ।






