बारबर्दियामा वैशाख २० देखी बिधार्थी भर्ना अभियान सञ्चालन हुदै

|

बारबर्दिया / शैक्षिक बर्ष २०७९ मा बिधार्थी भर्ना कार्यक्रमलाई अभियानका रुपमा लैजानका लागी बारबर्दिया नगरपालिकाले आज संघसस्थाहरुसंग समन्वय बैठक सम्पन्न गरेको छ । पालीका स्तरमा रहेका बिधालयहरुमा प्रधानाध्यपकको बैठक बसी भर्ना अभियानका बारेमा अभिमुखिकरण गर्ने,सबै बिधालयका लागी साझा कार्यक्रमको कार्ययोजना निर्माण गर्ने,साथै हरेक बिधालयका शिक्षक कर्मचारी,बिधालय ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघका पदाधिकारी बिधार्थी बिच भर्ना अभियानका बारेमा छलफल तथा अन्तरकृया गर्ने जिम्मेवारी बाडफाट गर्ने, टोल भेला कार्यक्र संचालन गर्ने,टोल समिती गठन तथा अभिभावक परिचालन गर्ने, साथीको खोज अभियान अन्तरगत म ल्याउछु मेरो साथीलाइ मेरो बिधालय, बिधालयमा बालबालीकाहरुलाई स्वागत, बिधालयमा भर्ना कार्यक्रमको जिंगल बजाउने, बिधार्थिको संक्षिप्त अभिलेख ब्यबस्थापन गर्ने, सहजरुपमा भर्ना हुन नसक्ने बालबालीकाहरुलाई घरमा गई भर्ना अभियान संचालन गर्ने,कठिन अबस्थाका बालबालीकाको पहिचान र रिफल सेवा दिने जस्ता बिषयमा अन्तरकृया गरिएको छ ।

बैठकमा स्याक नेपाल बाँकेका सिकाइ परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले बारबर्दिया नगरपालीका संगको समन्वय मा २ वटा परियोजना संचालन भएको र पुर्वप्राथामिक तहका बालबालीकाहरुको शैक्षिक गुणस्तिर बृद्दि गर्नका लागी नमुना कक्षाकोठा ब्यबस्थापनका लागी सामाग्री सहयोग, शिक्षकहरको क्षमता बिकास तालिम,पालीकातहको शिक्षायोजना, शिक्षा नितिनिर्माण, पाश्शचित्र निर्माणका लागी आबश्यक प्राबिधिक तथा आर्थिक सहयोग गरेको जानकारी गराउनुका साथै बैठकले भर्ना अभियानमा दिने जिम्मेवारी तथा आबश्यक सहयोग गर्ने प्रतिबद्दता जनाउनु भयो भनो अन्य सस्थाले शिक्षाक्षेत्रमा बारबर्दिया नगपालीका भित्र गरेका कृयाकलाप र यस बाट भएको उपलब्धी बारे जानकरी गराउनु भएको थियो ।

बैठक संचालन बारबर्दिया नगरपालीका शिक्षा तथा खेलकुद शाखा प्रमुख टिकानाथ गोसाईले गर्नुभएको थियो भने समापन कार्यालय प्रमुख महेन्द्र जंग शाहीबाट भएको थियो । सो समन्वय बैठकमा सामाजिक सचेतन सरोकार मंच स्याक, बि–ग्रुप, बिल्डन, बारबर्दिया नगरपालीका शिक्षाशाखाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

२०७९ बैशाख १५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।