एन.आर.एन.ए क्यालिफोर्निया च्याप्टर (NRNA USA California Chapter) ले क्यालिफोर्निया राज्यभित्र बसोबास गर्ने नेपालीहरुमा यदाकदा भैपरी आउने घटनाहरुमा तत्काल आपत्कालिन सहयोग पुर्याउन सकियोस भन्ने पवित्र उद्धेश्यले एक “आकस्मिक सहायता कोष” स्थापना गर्न लागेको जानकारी एन आर एन क्यालिफोर्निया च्याप्टरको अध्यक्ष एकदेव शर्माले द वल्ड नेपाल न्युजलाई गराउनुभएको छ ।
यसै क्रममा “आकस्मिक सहायता कोष” स्थापनार्थ सहयोग पुगोस भन्ने उद्धेश्यले नेपाली नयाँ बर्ष २०७९ आगमनको अवसर पारेर आगामी मे महिनाको ८ तारिख आईतबारका दिन एक साँगितिक साँझ “Concert For The Cause” कार्यक्रमको आयोजना गरिएको छ।
नेपाली संगीत क्षेत्रका बहुचर्चित कलाकार “प्रकाश सपूत” को मुख्य प्रस्तुति रहने सो कार्यक्रममा अर्का चर्चित कलाकार संगीता थापा मगर तथा अन्य स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।
कोरोनाको लामो कहर पछी यस कार्यक्रमलाई बिशुद्ध मनोरन्जनात्मक बनाउने र यस कार्यक्रम सन्चालन बाट उठेको रकम बाट खर्च कटाई बचेँको सम्पूर्ण रकम “आकस्मिक सहायता कोष” मा जम्मा गरिने छ र सो को बिवरण सार्वजनिक गरिने छ ।
कार्यक्रम स्थलको सीमित क्षमताका कारण निश्चित संख्यामा मात्र टिकट उपलब्ध गराउन सकिने हॅुदा आजै
आफू र आफ्नो परिवारलाई चाहिने टिकट खरिद गरी आफ्नो सीट गर्नुहुन समेत अनुरोध गरेका छन् ।
पुनश्चः कार्यक्रम स्थलमा तोकिएको समय भित्र डिनरको ब्यवस्था गरिएको छ ।