बाँकेमा जिल्ला बालक्लव संजाल तदर्थ समिति गठन

|

अध्यक्षतामा विवेक शर्मा सर्वसम्मत् चयन

खजुरा(बाँके) / बाँके जिल्लामा जिल्ला बालक्लव संजाल तदर्थ समिति गठन भएको छ । यसभन्दा अगाडि मेनका रावतको अध्यक्षतामा जिल्ला बालक्लव सञ्जालले कार्य गरि गरिरहेको थियो । जिल्ला बाल अधिकार समितिको निर्णयअनुसार जिल्लाको बाल क्लब सञ्जाल गठन र परिचालन गर्नका लागि जिल्लास्तरमा कुनै नीतिगत व्यवस्था नभएको कारणले जिल्ला समन्वय समिति बाँकेको समन्वयमा र खजुरा गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा जिल्ला बालक्लव संजाल बाँकेको १३ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

बाँके जिल्लाका ८ वटै पालिका बाट ३२ जना बाल क्लब सन्जाल अन्तर्गत बालबालिकाहरूको सहभागितामा विवेक शर्माको अध्यक्षतामा उक्त समिति गठन भएको छ । समितिको उपाध्यक्षमा चन्द्रा शर्मा (नरैनापुर), सचिवमा रहिमत जहाँ खाँ (खजुरा), सहसचिवमा गणेश यादव (जानकी) र कोषाध्यक्षमा अन्जना धिताल (खजुरा) निर्वाचित भएका छन् । त्यसैगरी स्नेहा मगर (नेपालगन्ज), कविता अधिकारी (कोहलपुर), सन्तोष राना (जानकी), राह्ल पासी (खजुरा), सफिक रहमान खाँ (डुडुवा), अभिषेक मिश्रा (नरैनापुर), श्रृष्टि शर्मा (राप्ती सोनारी) र झलक सुनार (बैजनाथ) सदस्य भएका छन् । सो कार्यक्रमको प्रमुख अतिथि खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले क्लबमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा कार्यकाल सफलताको साथै सपथ ग्रहण गराई शुभकामना ब्यक्त गर्नु भएको थियो । यसअघि जिल्लाका सबै स्थानीय तहमा पालिका स्तरीय र कतिपय वडामा वडा स्तरीय बाल क्लब गठन भइसकेका छन् ।

जिल्ला बालक्लव सञ्जालको तदर्थ समिति गठन तथा अभिमुखीकरण कार्यक्रमको अध्यक्षता पूर्व बालक्लब सञ्जाल कि सचिव चेतना क्षेत्रीले गर्नुभएको थियो । शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लको संयोकत्वमा तीन सदस्यीय निर्वाचन मण्डलले १३ सदस्यीय नव निर्वाचित समितिको घोषणा गरेको थियो । उक्त कार्यक्रमको संचालन खजुरा गाउँपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुशिला न्यौपानेले गर्नु भएको थियो । जिल्ला बालअधिकार समितिको अगुवाइमा जिल्ला बालक्लव सञ्जाललाई परिचालन गर्नका लागि छिटै नीतिगत व्यवस्था सुदृढ गरी जिल्लामा बालबालिकाको हकहित सुरक्षित गर्न यस तदर्थ समितिलाई सधै साथ सहयोगको अपेक्षाका साथ जिम्मेवारी हस्तान्तरण गरेको जानकारी चेतना क्षेत्रीले गराउनुभयो । जिल्ला बालक्लव सञ्जालको तदर्थ समिति गठनको पर्यवेक्षकको रूपमा बी–ग्रुप,स्याक नेपाल, बाँके युनेस्को क्लब,जन जागरण समाज लगायतको संघसंस्थाहरुको उपस्थिती रहेको थियो ।

२०७९ बैशाख १०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।