नेपालगन्ज / तमु ह्युल छोंजधी (गुरुङ्ग राष्ट्रिय परिषद) जिल्ला कार्य समिति, बाँकेको उपाध्यक्ष अनिता गुरुङ्ग चितवनमा सम्पन्न भएको चौथो अधिवेशनमा केन्द्रिय सदस्यमा मनोनित हुनु भएकोमा जिल्ला कार्य समिति बाँकेले आज सम्मान गरेको छ ।
सो सम्मान कार्यक्रममा तमु ह्युल छोंजधी (गुरुङ्ग राष्ट्रिय परिषद) जिल्ला कार्य समिति, बाँकेका निवर्तमान अध्यक्ष युग बहादुर गुरुङ्ग, अध्यक्ष भिम गुरुङ्ग, वरिष्ठ उपाध्यक्ष शेर बहादुर गुरुङ्ग साथै कार्य समिति सदस्यहरुले केन्द्रिय सदस्य अनिता गुरुङ्गलाई खादा ओढाएर सम्मान गरिएको थियो । आज नै उपाध्यक्ष पद रिक्त भएको हुदाँ हरिता गुरुङ्गलाई मनोनित गरिएको छ । हालै केन्द्रिय सदस्यमा मनोनित अनिता गुरुङ्गले गुरुङ्गहरु एक जुट भई आफ्नो भाषा ,लिपि ,धर्म संस्कृत प्रति जागरुक हुनु पर्ने र यसको बिकास र जगेर्नाको लागि राष्ट्रिय ब्यापी रुपमा अगाडि बढ्नुु पर्नेमा जोड दिनु भएको थियो ।
सो सम्मान कार्यक्रममा तमु ह्युल छोंजधी (गुरुङ राष्ट्रिय परिषद) जिल्ला कार्य समिति, बाँकेका वरिष्ठ उपाध्यक्ष शेर बहादुर गुरुङ्ग, संगठन सचिव प्रेम गुरुङ्ग, प्रचार सचिव कमल गुरुङ्ग, सदस्य पदम गुरुङ्ग लगायतले आआफना विचार राखेका थिए । सो कार्यक्रम तमु ह्युल छोंजधी (गुरुङ राष्ट्रिय परिषद) जिल्ला कार्य समिति, बाँकेको अध्यक्ष भिम गुरुङ्गको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रम सन्चालन सचिव सोम गुरुङ्गले गरेका थिए ।






