तिलामा आगलागीबाट एकै परिवारका चार जनाको मृत्यु

|

जुम्ला / तिला गाउँपालिकामा आगलागी बाट एकै परिवारका चार जनाको मृत्यु भएको छ । चारै जनाको घटना स्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले बताउनुभएको छ । वडा नम्बर तीन निवासी मानसिंह सार्किको घरमा गएराती करिब ११ बजेतिर आगलागी भएको स्थानीयले बताएका छन् ।

आगलागी बाट १० बर्षकी छोरी अनिमा, २ बर्षकी छोरी दिया , १ बर्षको छोरा दिपेश नेपाली र १४ बर्षकी भान्जी तिर्सना नेपालीको मृत्यु हो । आगलागी बाट घाइते मानसिंह नेपाली, निजकी परिवार फागुनी सार्कि, बहिनी रुन्चकलिको अहिले अचेत अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

आगलागि नियन्त्रणका लागि भने मध्यरात प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्ध सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयले घटनास्थलमा गई आगो नियन्त्रणमा लिएको हो । राति झण्डै साढे ३ बजेतिर आगो नियन्त्रणमा लिई सकेको प्रसाईले बताउनु भयो ।

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।