बाँकेमा जिल्ला बाल क्लब सन्जाल तदर्थ समिति गठन हुदै

|

बाँके / बाँकेमा जिल्ला आज बाल क्लब सन्जाल तदर्थ समिति गठन हुने भएको छ । जिल्ला स्तरीय बालअधिकार समिति बाँकेको निर्णयअनुसार धेरै लामो समयदेखि जिल्ला बालक्लव सञ्जालको अधिवेशन हुन नसकेको कारणले हाल तदर्थ समिति गठन गरि जिल्ला समन्वय समितिबाट बालक्लब सञ्जाल सम्बन्धी कार्यविधि निर्माण गरेर यसै संरचनालाई निरन्तरता दिने अभ्यास गर्ने जानकारी जिल्ला स्तरीय बालअधिकार समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले जानकारी दिनु भएको छ । यसभन्दा अगाडि पनि जिल्ला बाल अधिकार समितिको नेतृत्वमा बाल अधिकार सुनिश्चिता तथा बाल विवाह अन्त्य सम्बन्धि कार्यविधि निर्माण गरेर बाँके जिल्लाका चारवटा स्थानीय तहहरू, जसमध्ये नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका तथा खजुरा गाउँपालिका बालविवाहमुक्त भइसकेका छन् ।

बाँके जिल्लाका ८ वटै स्थानीय तह अन्तर्गतका ८१ वटा वडाहरु मध्ये ५५ वटा वडाहरु बालबिबाह मुक्त घोषणा भईसकेका छन् जसमा विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा तथा पालिका स्तरिय बाल अधिकार समितिको अगुवाइमा पालिकाहरुले बालविवाहमुक्त घोषणा गर्ने तथा बाल अधिकार सुनिश्चितताका लागि विभिन्न नीतिगत संरचनाहरू निर्माण गर्ने कुरामा जिल्ला बालअधिकार समिति बाँकेले निरन्तर पैरवी गर्दै आइरहेको छ ।

बालअधिकार सुनिश्चित गर्नका लागि बाँके जिल्लामा कार्यरत संस्थाहरुको जस्तै प्लान ईन्टरनेशनल नेपाल, सेफ द चिल्ड्रेन, स्याक नेपाल, बी–ग्रुप, बाँके युनेस्को क्लब, सामाजिक विकास म्नच, फातिमा फाउण्डेशन तथा जन जागरण समाज लगायतका संघसंस्थाहरुलाई हार्दिक धन्यवाद तथा निरन्तर सहकार्यको अपेक्षा पनि जिल्लास्तरीय बालअधिकार समितिले राखेको छ ।

२०७९ बैशाख ८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।