पल शाह प्रकरण : बालिकाले बकपत्रमा बयान फेरिन्

|

कलाकार पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी बालिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बालिकाको तर्फबाट बकपत्र भएको छ ।

त्यसक्रममा उनले अदालतमा बकपत्र गर्दाको अवस्थालाई नजिकबाट नियालेका कानुन व्यवासायीका अनुसार दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुनसक्ने जस्तो देखिएको छ। बुवा, आमा लगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुनेछ।

एक कानुन व्यवसायीका अनुसार अरुको उक्साहटमा आफूले उजुरी दिएको तर वास्तवमा बलात्कार नभएको भन्ने खालको व्यहोराको बकपत्र गरेकी छन्। बालिकाको बुवा आमा लगायतको बकपत्र भने बाँकी छ। पीडितहरुले दबाबमा परेर विगतमा पनि अदालतमा बयान फेरेका घटना छन्।

बालिकाका बुबाले गत फागुन ११ मा तनहुँ प्रहरीमा आफ्नी छोरीमाथि बलात्कार भएको भन्दै कलाकार शाहविरुद्ध किटानी जाहेरी दिएका थिए। त्यसपछि कलाकार शाह पुर्पक्षका क्रममा थुनामा छन्।

२०७९ बैशाख ४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।