समाज सेवा सस्था नेपाल, बाँकेद्धारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

|

कोहलपुर (बाँके) /  लागु औषध दुरब्यसनी न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सन्चालन गर्दै आएको समाज सेवा सस्था नेपाल, कोहलपुर १४ हवलदारपुर बाँकेले नयाँ बर्षको अवशरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्नुका साथै २ जनालाई सम्मान गरेको छ ।

सो कार्यक्रममा सम्मानित हुनेमा चेन्ज टिमका प्रमुख ईन्द्रा जोशी र नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक तथा पत्रकार सोम गुरुङ रहेका छन्।
कोहलपुर नगरपालिका, बाँकेको सहयोग र विभिन्न सामाजिक सघ संस्थाकोे सयुक्त आयोजनामा समाज सेवा सस्था नेपाल,बाँकेका कलाकारहरुद्वारा गीत, नुत्य तथा लागु औषध दुुरब्यसनी न्यूनीकरण सम्बन्धि सचेतनामुलक दोहारी गित तथा नाटक प्रस्तुत गरिएको थियो ।

सो शुभकामना आदानप्रदानमा बोल्नु हुदै प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले लागु औषधको लतमा नफस्न युवाहरुलाई आग्रह गर्नुभयो । साथै उहाँले नयाँ बर्षको उपलक्ष्यमा शुभकामना पनि ब्यक्त गनुभयो । सो कार्यक्रममा माईती नेपालका सयोजक केशव कोइराला, वडा नं.१४ का वडा अध्यक्ष टेकचन हरिजन लगायत स्थानयि बुद्धिजिबी तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो । सो कार्यक्रम सस्थाका उपाध्यक्ष रमिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन संस्थाका अध्यक्ष बिनोद थापाले गर्नुभएको थियो ।

२०७९ बैशाख २, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।