चर्चित गायिका मेलिना राई विवाहको तयारी गर्दै

|

चर्चित गायिका मेलिना राई विवाहको तयारीमा छिन्। उनले सामाजिक सञ्जाल मार्फत प्रेमी सञ्जिब बराइलीसँगको तस्बिर पोस्ट गर्दै उनीहरू यसैवर्ष बिहे गर्ने तयारी समेत गरेका छन्। 

उनले संजीबसँग इन्गेजमेन्ट पनि भैसकेको उल्लेख गरेकी छन्। संजीब र मेलिनाले दुई वर्ष अगाडि नै इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ।

बिर्तामोड घर भएका सञ्जिब लामो समयदेखि काठमाडौंमा बस्दै आएका छन्।सञ्जिब नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन्।

२०७९ बैशाख २, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।