एकीकृत पाठ्यक्रम सम्बन्धि कार्यशाला शुरु

|

नेपालगन्ज / प्याब्सन, बाँकेले एक दिने एकीकृत पाठ्यक्रम सम्बन्धि कार्यशाला सुरु गरेको छ । सो कार्यशालाको प्रमुख अतिथी पुर्ब केन्द्रिय प्राज्ञिक सल्लाहकार डाक्टर राजेश किसोर खनालले यस्तो तालिमले पाठ्यक्रम बारे नयाँ नयाँ जानकारी हुने र सम्पुर्णको सिकाई उपलब्धिमुलक हुने बताउनुभयो । सो कार्यशालाको मुख्य प्रशिक्षक सिटिएफ नेपालका डाईरेक्टर बद्री प्रसाद दाहालले सिटिएफ नेपालका बारेमा साथै पाठ्यक्रम बारेमा जानकारी दिएका थिए ।

सो कार्यशाला प्याब्सन, बाँकेका अध्यक्ष यम रावतको अध्यक्षतामा उद्घाटन गरिएको थियो । साथै प्याब्सन पुर्ब केन्द्रिय प्राज्ञिक सल्लाहकार डाक्टर राजेश केसर खनालले पानसमा दियो बालेर उद्घाटन गर्नुभएको थियो । विशेष अतिथीमा बिधामान राजभण्डारी, नेपालगन्ज नगर प्याब्सन अध्यक्ष बिकास बज्राचार्य, जिल्ला सल्लाहकार दिनेश सिग्देल, सिटिएफ नेपालका डाईरेक्टर बद्री प्रसाद दाहाल रहनु भएको थियो ।

सो कार्यशालामा स्वागत मन्तव्य तालिम संयोजक तथा प्याब्सन उपाध्यक्ष सरद चन्द्र रावलले कार्यक्रम आयोजना गर्नुको उद्धेश्य बारे प्रष्ट पार्नु भएको थियो । उहाँले एकीकृत पाठ्यक्रम सम्बन्धि जानकारी सम्बन्धि तालिम निकै जरुरी भएकोले एकीकृत पाठ्यक्रमका बारेमा सबै प्रष्ट हुने एकीकृत पाठ्यक्रम यो नेपाल सरकारले नयँँ लागू गरेको र यो विषयको बास्तबिक ज्ञान नभएको र सरकारले पनि कुनै तालिम नदिएकाले यो महत्त्वपूर्ण तालिमको आयोजना गरेको बताउनुभयो ।
त्यसै गरि नगर अध्यक्ष बिकास बज्राचार्यले अहिलेको पाठ्यक्रम परिबर्तन भएको छ तर कसैले पनि तालिम नदिएको र खासै जानकारी नभएकाले यस्ता पाठ्यक्रम सम्बन्धि तालिमले निकै उपयोगी हुने र सम्पुर्ण नगरका बिधालयलाई सामाजिक विषय रिडमोर पब्लिकेसन्सको लगाईदिन अनुरोध समेत गर्नुभयो । सभापति यम रावतले औपचारिक कार्यक्रमलाई समापन गर्दै अहिले भर्खरै १० कक्षाको केन्द्रिय निर्देशन अनुसार प्री टेस्ट सकिएको यसले हामिलाई निकै राम्रो अनुभव दिएको र केही पाठ्यपुस्तकले नयाँ अनुभव दिलाएको बताउनुभयो साथै उहाँले नयाँ पाठ्यक्रम बारे जानकारी नभएको र पाठ्यक्रम सम्बन्धि ज्ञान निकै जरुरी भएकोले यो तालिमको आयोजना गरेको बताउनुभयो ।

यो बर्ष प्याब्सनको आफ्नो भवन निर्माणका लागि सबैको सहयोग र यो बर्ष नै बिज्ञान विषय १ कक्षा देखि १० कक्षा सम्म लगाउन अनुरोध समेत गुर्नभयो ।
सो कार्यशालामा ६० बढी बिधालयका ईन्चार्ज तथा प्रधानाध्यापकहरुको उपस्थिति रहेको नेपालगन्ज नगर प्याब्सन सहसचिव हेमन्तराज काफलेले जानकारी दिनुभयो ।

२०७८ चैत्र १९, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।