एनआरएनएको १० औ महाधिवेशन तथा अलोकतान्त्रिक निर्वाचनप्रति स्वराज खातीको घोर भर्त्सना

|

अमेरिका/ गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)को १० औँ महाधिवेशन र निर्वाचन प्रक्रियामा देखिएका अलोकतान्त्रिक र आपत्तिजनक अभ्यासहरू प्रति निबर्तमान NRNA ICC सदस्य, अमेरिकाज क्षेत्र (२०१९-२१) का स्वराज खातीले भर्त्सना सहित प्रेस विज्ञप्ति जारी गरिएको छ ।

Qप्रेस बिज्ञप्ति:
बिषय: NRNA – उम्मेदवारी दस्तुर फिर्ता माग , अलोकतान्त्रिक प्रबिधि र नियुक्ति सम्बन्धमा

गैरआवासीय नेपाली संघको १०औ अन्तरास्ट्रिय महाधिवेशनले “एकता”को सन्देश बोकेता पनि व्यहवारमा विभाजनको बिजारोपण गर्दै समापन भएको छ ।

संक्षेपमा भन्नुपर्दा NRNA को बिश्वब्यापी अभियान यतिबेला चरम सिधान्त बिहिन , नैतिकता बिहिन र दिशाहिनताको शिकारभएको प्रस्ट देखिन्छ ।

यस किसिमको निहितार्थ गुट, उपगुट र लेनदेनको हानाथापले NRNA प्रति निष्ठावान , इमान्दार र स्वाभिमानी अभियन्ताहरुको साझा भावनामाथि निर्मम प्रहार गर्न खोजिएको देखिन्छ ।

यस अर्थमा NRNA प्रतिको मेरो जिम्मेवारीलाई नैतिक धरातलमा उभिएर आत्म विश्लेषण गर्दा म जस्तो नयां पिडिको युवाले NRNA का अग्रज नेतृत्व पंक्तिबाट नेतृत्व र नैतिकता कुनै पनि गुण सिक्न नपाएको अवस्थामा आउने नयां युवा पिडिहरुलाई आफैबाट नैतिकताको सानो उदाहरण पेस गर्दै मलाई दिन खोजिएको अमेरिकाज क्षेत्रिय युवा संयोजकको पद अस्विकार गर्दैछु ।

निर्वाचन प्रक्रिया पुर्याएर अमेरिकाज क्षेत्रको युवां संयोजकको लागि केहि हप्ताअगाडी उम्मेद्वारी दिएको, निर्बिरोध पनि भैसकेको र पछि निर्वाचन रद्द गर्दै एकताको नाममा तीनहजार भन्दा बढी महाधिबेशन प्रतिनिधिहरुलाई गुमराहमा राख्दै अध्यांरो कोठा भित्र गरिएको भागबन्डाको सहमतिबाट मनपरी पद र पदसंख्या थपेर पदाधिकारीहरुको भर्तिगर्नु अर्थहिन र अनुत्पादक रहेको मेरो ठम्याई रहेको छ।

सहमतिको नाममा गरिएको यस प्रकारको अलोकतान्त्रिक प्रक्रियालाई समर्थन गर्न आफूलाई लज्जाबोध भएको छ ।त्यसैले म सो पद अस्विकार गर्दै निर्वाचन रद्द भैसकेको हुनाले मैले प्रक्रिया पुर्याएर ३/१०/२२मा उम्मेद्वारी फारम सहित दस्तुर स्वरुप बुझाएको नेरु २५०,००० (दुइलाख पचास हजार रुपैयां) फिर्ता पाऊ भनि यो बिषयमा IES लाई निबेदन पठाइसकेको सबैमा जानकारी गराउन चाहन्छु ।

मलाई सधै आत्मीय सहयोग ,गहिरो विश्वास र न्यानो माया प्रदान गरिरहनु हुने आदरणीय अग्रजहरु , साथीहरु तथा सुभेच्छुकहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु।

पदबाट अलग रहँदै बाहिर बसेर प्रवासी नेपालीहरुको हक हित र आफ्नो जन्मभूमि नेपालको सेवाको लागि सधै समर्पित रहने प्रतिबध्दता गर्दछु साथै NRNA को बृहत अर्थपूर्ण एकताको कामना गर्नुको साथै अभियानमा रचनात्मक सहयोग र भूमिकाको लागि संधै तयार रहेको जानकारी गराउंदछु ।

नोट : मैले धेरै सोच , विचार र परामर्श गरी अन्तिम निर्णयमा पुगेको हुनाले संस्थापन पक्ष र अर्को पक्ष भनिएको मेरो नजिकका साथीभाइ इस्ट-मित्रहरु मेरो निर्णयलाई पुनर्विचार गर्नको लागि कुनै कस्ट नगरिदिनुहुन अनुरोध समेत गर्दछु ।

-स्वराज खाती
निबर्तमान NRNA ICC सदस्य, अमेरिकाज क्षेत्र (२०१९-२१)
निबर्तमान युवा संयोजक , NRNA NCC USA (२०१७-१९)

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।