अमेरिका/गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)को १० औँ महाधिवेशन र निर्वाचन प्रक्रियामा देखिएका अलोकतान्त्रिक र आपत्तिजनक अभ्यासहरू प्रति एनआरएनए अमेरिकाका सम्पुर्ण च्याप्टर अध्यक्षहरुद्धारा घोर भर्त्सना सहित प्रेस विज्ञप्ति जारी गरिएको छ ।
उनीहरुले एनआरएनएको निर्वाचन प्रक्रियामा देखिएका अलोकतान्त्रिक र आपत्तिजनक अभ्यासहरुप्रति आपत्ति जनाएका हुन्।
प्रेस विज्ञप्ति :
गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)को १० औँ महाधिवेशन र निर्वाचन प्रक्रियामा देखिएका अलोकतान्त्रिक र आपत्तिजनक अभ्यासहरू प्रति एनआरएनए अमेरिकाका च्या्टरहरुको ध्यानाकर्षण भएको छ ।
विधि, विधान र प्रक्रियाका सम्बन्धमा आफ्ना कुरा राख्ने र मतदान गर्न पाउने अधिकारबाट आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटस बन्चित गरिएकोमा सबै च्याप्टरहरु दु:ख व्यक्त गर्दै सहमतिको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भर्त्सना गर्दछौं।
नाटकीय एकताको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भर्त्सना गर्दछौं,आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटसले आवश्यकता अनुसार आफ्नो विधान परिवर्तन र निर्वाचनमा सहभागी हुने अधिकार राख्छन् तर सहमतिका नाममा सबैको अधिकार हनन् गरियो।
विविध गतिबिघीहरू सहमती गर्ने अभ्यासले एकता र निकास भन्दा आगामी दिनमा संस्थालाई थप समस्या तर्फ धकेल्छ भन्ने हाम्रो गहिरो चिन्ता र सरोकार छ।
संस्थामा सिमीत व्यक्तिहरूबाट हुने यस्ता अलोकतान्त्रिक, अदूरदर्शी र हेपाहा प्रवृत्तिको हामी घोर भर्त्सना गर्दछौँ। मिल्ने र मिलाउने नाममा संस्थाले थेग्नै नसक्ने गरी पद बाडफाड गरिनुले गैर आवासीय नेपाली सङ्घको गर्विलो विगतलाई कमजोर बनाएको छ ।
आइसीसी डेलिगेटसको समस्या देखि थुप्रै गंभिर विषयलाई जस्ताको तस्तै छोडेर अगाडि बढ्दा संस्था विवाद रहित र बलियो हुने सङ्केत देखिँदैन।
मनोनीत वर्तमान कार्यसमितिले संस्थालाई दलदलबाट बाहिर निकाल्न के कसरी काम गर्दछ भनेर आम पञ्जीकृत सदस्यहरूले नियालिरहनु भएको छ।
३००० भन्दा बढि डेलिगेट मध्ये केही दर्जन डेलीगेट र बिचौलियहरुले गरेको आइसीसी अधिबेसन प्रती हाम्रो आपत्ती छ साथै यस अधिबेसनमा एनसीसीहरुको कमजोर भूमिका र सहकार्यले हामी च्याप्टरहरु लज्जित भएका छौ र भबिश्यमा यस्तो नहोस भन्ने अपेक्षा राखेका छौ ।
धन्यबाद !
च्याप्टर अध्यक्षहरू:
1)Ang Tshiring Sherpa – NY
2)Bal Rai – NV
3)Basudev Bhatt – NC
4)Bikash Devkota – FL
5)Bimal Adhikari – NE
6)Bivek Jha – MN
7)Dilip Kumar Baniya – GA
8)Dipak Thapa – WI
9)Eka Dev Sharma – CA
10)Ganga Acharya – NM
11)Indara K Chaudhary – IL
12)Jyoti Baral – IA
13)Santosh Kaji Thapa – TN
14)Kamal Dhungana – NH
15)Keshav Lohani – KY
16)Khem Raj Khatiwada – IN
17)Laxman Darlamee – OR
18)Mohan Neupane. – OH
19)Muna Tiwari – CT
20)Philip KC – KS
21)Prem Tamang – MA
22)Raju Parajuli – MD
23)RC Panta – CO
24)Subhash K Baitha – PA
25)Subodh Regmi – VA
26)Surya Tiwari – NJ
27)Tanka Dahal – WA
28)Tulshi Shiwakotee – MI
29)Sophin Thapa – TX