
पहिलो नेपाल आईडलका दोस्रो रनरअप तथा युवा पुस्ता माझ अति रुचाईएका युवा गायक प्रताप दासको नयाॅं गित सार्वजनिक गरिएको छ ।
“भ्रस्टाचार गर्दा गर्दै’ बोलको गितको भिडियो सहित बुढ़ा सुब्बा डिजिटल को अफिसियल यूट्यूब मार्फ़त सार्वजनिक भएको छ ।
गीतमा चन्द्रज्योति ढुंगानाको शब्द/संगीत रहेको छ । संगीत संयोजन भने उदयराज पौडेलले गरेका छन् ।भिडियो कन्सेप्ट राजु अधिकारी र राजेश राउतको रहेको। भिडियोमा कलाकार हरुमा ज्ञानेन्द्र शाही, दिनेश कुँवर, रफी शाह, राजेश राउत, प्रसन्न कार्की, सुरेश तामांङ र बसन्त तामांङ रहेका छन।
भिडियो सम्पादन विकाश गुरुङ, छायांकन रवी कोइराला र निर्देशन चन्द्रज्योति ढुंगानाको रहेको छ । उक्त भिडियो अहिले नेपालको परिस्थितिमा सान्दर्भिक बनेको छ।
२०७७ असार ४, बिहीबार प्रकाशित