नेपालगञ्जमा प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सुरु

|

नेपालगन्ज / बाँकेको नेपालगञ्जमा प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आठौं संस्करण सुरु भएको छ । भव्य कार्यक्रमका साथ खेलकुदमन्त्री महेश्वर गहतराजले बिहीबार प्रतियोगिता उद्घाटन् गरेका छन् ।

प्रतियोगताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । नेपालगञ्ज रंगशालास्थित कवर्ड हल भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक टिम लुम्बिनी युनाइटेडलाई सोझो सेटमा २५–१४, २५–१३ र २५–९ पराजित गरेको छ ।

प्रतियोगिता उद्घाटन गर्दै खेलकुदमन्त्री गहतराजले मोफसलमा जनस्तरबाट थालिएका राम्रा खेल प्रतियोगितालाई प्रभावकारी बनाउनेबारे मन्त्रालयले सहयोग गर्ने बताए । उनले यो प्रतियोगता जनस्तरबाट आयोजना गरिएको भन्दै यस्ता गतिविधिले नेपालको खेलकुद क्षेत्रलाई अगाडि बढाउने विश्वास व्यक्त गरे ।

लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्टस एकेडेमी ९महाराष्ट्र० र हरियाण स्पोटर्स क्लब सहभागी भएका छन् । डिफेन्डिङ च्याम्पिन एपीएफ भने यसपटक प्रतियोगितामा सहभागी भएको छैन । एपीएफ दोस्रो, पाँचौँ र सातौं संस्करणको च्याम्पियन हो । प्रतियोगिता १४ चैतसम्म सञ्चालन हुनेछ । विजेताले ५ लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

२०७८ चैत्र १०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।