सकारात्मक सिकाई वातावरण सिर्जना सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शुरु

|

ठाकुरद्धारा(बर्दिया) / प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बर्दिया जिल्लामा सन्चालन भईरहेको टेलिथन, बालिका दुलही होइन परियोजना अन्तर्गत भेरी वातावरणीय विशिष्टता समुह( बी– ग्रुप) को आयोजनामा बर्दियाका शिक्षकलाई सकारात्मक सिकाई वातावरण सिर्जना गर्ने सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम आजबाट शुरु भएको छ ।

सो तालिममा बर्दिया जिल्लाको मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाबाट शिक्षा शाखाका प्रमुख तथा प्रत्येक पालिकाबाट १ शिक्षक र १ शिक्षिका गरि १२ जना र कर्मचारी ५ जना र कार्यसमितिबाट १ जना अध्यक्ष गरि जम्मा १८ जनाको सहभागिता रहेको परियोजनाका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिनुभयो । तालिमको पहिलो दिन सकारात्मक सोच, खुसीका लागि शिक्षा, सकारात्मक सोच र आत्म ब्यवस्थापन र प्रसंशात्मक खोजी विधिको चर्चा विषयमा प्रशिक्षक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव जित बहादुर शाहले प्रशिक्षण दिनुभएको छ ।

सो तालिममा सहभागी गेरुवा गाउँपालिका शिक्षा शाखा प्रमुख नवराज अधिकारीले यस तालिमले शिक्षण सिकाईमा थप मद्धत पुग्ने र भयरहित वातावरण शिक्षण गर्ने वातावरण सिर्जना हुने बताउनुभयो । त्यसैगरि अर्का सहभागी शिक्षिका राम कुमारी चौधरीले तालिमबाट सिकेका ज्ञानलाई आफुले आफनो विद्यालय तथा समाजमा गएर जानकारी दिने बताईन् ।

बी–ग्रुपद्धारा सन्चालित टेलिथन, बालिका दुलही होइन परियोजनाको उद्धेश्य विद्यालयहरुमा छात्राहरुको निरन्तरताका लागि सहकार्य गर्ने ,किशोर किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ज्ञान प्रदान गर्न सहयोग गर्ने,युवा विशेष गरि किशोरी तथा युवा महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्नका लागि सहयोग तथा सहकार्य गर्ने,परम्परागत हानिकारक अभ्यासहरुबाट समाजमा भएका विभेदकारी मुल्यमान्यताहरुलाई परिवर्तन गर्न सहकार्य गर्ने र बाल संरक्षण तथा युवा सहभागिता सम्बन्धि नीतिगत ब्यवस्था सुदृढ गरि बाल विवाह, छिटो विवाह र दवावमा हुने विवाहलाई न्युनीकरण गर्न समन्वय तथा सहजीकरण गर्ने रहेको छ ।
तालिमको उदघाटन भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) का अध्यक्ष टेक बहादुर पुनले गर्नुभएको थियो ।

२०७८ चैत्र ७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।