साहित्य रचना बाचन गर्दै होली मनायो बिनेसाम नेपालले

|

काठमाण्डौं / रंगहरुको पर्व फागु पुर्णिमा अर्थात होली पर्वको अवसर पारेर बिश्व नेपाली साहित्य महासंघ नेपाल शाखाले भर्चुवल माध्यमबाट होली बिशेष सिर्जना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिश्व नेपाली महासंघ नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ’जिज्ञासु’को अध्यक्षतामा संचालन भएको कार्यक्रममा बिनेसाम केन्द्रकी माहासचिव सुनिता राई कन्दङ्वाको प्रमुख आतिथ्यता र अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको बिशेष उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा बिश्वभरि छरिएर रहेका सर्जकहरुले शुभकामना मन्तब्यका साथै रचना वाचन गरेका थिए ।

विशिष्ट अतिथि प्रलेश बाँके शाखाका अध्यक्ष पुष्प मणि प्रधान र अनेसास लुम्बिनी प्रदेशकी अध्यक्ष किरण आचार्यले होलीको शुभकामना दिदै कविता वाचन गरेका थिए । बिनेसाम नेपालका सल्लाहकारहरु ऋषिराम सापकोटा ’अविरल ’ , रमेश कंडेल, मणिराज सिंह, लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेल , प्रदेश न १ की अध्यक्ष मुना सिग्देल, नाज सिंह, इन्दिरा गौतम, केशब गाहा पाल्पाली, शान्ता खवास, दर्पण दंगाली, सुरेश पाण्डे, केबी पौडेल, अमर खड्का,देविका मङ्ग्राती राई , सुमन मेवाहाङ, हिक्मत बुढाथोकी ’प्रेम’,गणेशा कार्की ,सिता बिस्ट कार्की , कृष्णबहादुर के सी नविन बस्याल, लगायतका स्रष्टाहरुले आ आफना प्रस्तुतीहरु गीत , गजल ,कविता ,मुक्तक वाचन गरेका थिए । साथै सुनिता राई कन्दङ्वा र सुरेन्द्र लिम्बु परदेशीले शुभकामनाका मन्तब्यको साथमा कविता वाचन गरेका थिए ।

बिनेसाम नेपाल शाखाकी अपाध्यक्ष केशु पोख्रेल खनालले स्वागत मन्तब्य सहित मुक्तक वाचन गरेकी थिइन भने कार्यकमको संचालन बिनेसाम नेपाल शाखाकी महासचिव अम्बिका ’अनमोल ’ले गरेकी थिइन । कल्पना पौडेल ’जिज्ञासु ’ले उपस्थित सम्पूर्णलाइ धन्यवाद दिदै आगामी दिनहरुमा पनि केन्द्र शाखा र प्रदेशको यो समन्यवलाई निरन्तरता दिएमा माहासंघको अझै उन्नति र प्रगति हुने भन्दै यस्ता प्रकारका कार्यक्रमले सर्जकलाई हौसला प्रोत्साहनका साथै साहित्यिक संघ–सस्था र सर्जक बीच अझै प्रगाढ सम्बन्ध स्थापित हुने तर्क राख्नु भएको थियो ।

 

२०७८ चैत्र २, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।