बी–ग्रुपद्धारा खजुरा गाउँपालिका वडा नं.१ मा लैङ्गिक मैत्री शौचालय निर्माण

|

खजुरा / अष्ट्रेलियन एडको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह ( बी–ग्रुप), बाँके र केएर नेपालको साझेदारीमा बाँके र बर्दिया जिल्ला सन्चालिन कोभिड–१९ आपतकालिन प्रतिकार्य र पुर्नःलाभ परियोजना अन्तर्गत खजुरा गाउँपालिका वडा नं. १ मा रहेको राधापुर आईसोलेशन केन्द्र निर्माण गरिएको लैङ्गिक मैत्री शौचालय आज एक औपचारिक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ ।

सो हस्तान्तरण कार्यक्रममा बी–ग्रुपका अध्यक्ष टेक बहादुर पुनले लैङ्गिक मैत्री शौचालय निर्माण भएकोले आईसोलेसन केन्द्रमा बस्नु हुने ब्यक्तिहरुलाई सहजता हुने बताउनुभयो । त्यसै गरि खजुरा गाउँपालिकाका वडा नंं १ का वडा अध्यक्ष सुमन मल्लले बी–ग्रुपले स्वास्थ्य सेवामा गरेको सहयोगको लागि वडा कार्यालयको तर्फबाट संस्थालाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । सो हस्तान्तरण कार्यक्रममा खजुरा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुदिप पौडेल साथै स्वास्थ्य चौकी ईन्चार्ज, स्थानीय बुद्धिजिबी लगायतको सहभागिता रहेको थियो ।

कोभिड–१९ आपतकालिन प्रतिकार्य र पुर्नःलाभ परियोजना अन्तर्गत खजुरा गाउँपालिका खजुरा गाउँपालिका वडा नं. ७ मा रहेको आईसोलेसन केन्द्रलाई पनि मर्मत गरिएको छ । खजुरा गाउँपालिका वडा नं. १ र खजुरा गाउँपालिका वडा नं.७ मा गरि जम्मा चार लाख साठि हजार एक सय उन्साठी लागत लागेको बी–ग्रुपका फिल्ड सुपरभाईजर असरफ अन्सारीले बताए । बाँकेको खजुरा गाउँपालिका र बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा कोभिड–१९ आपतकालिन प्रतिकार्य र पुर्नःलाभ परियोजना सन्चालन भईरहेको बि–ग्रुप संस्थाले जनाएको छ ।

 

२०७८ चैत्र २, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।