निफमा ३८ देशका ८९ चलचित्रबीच प्रतिष्पर्धा हुने

|

काठमाडौं। २०७८ चैत्र १७–२१ गतेसम्म काठमाडौंमा आयोजना हुने पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ३८ देशका ८९ चलचित्रबीच प्रतिष्पर्धा हुने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा÷छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ बिधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ । महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रूपमा संचालन हुने भएको छ ।

महोत्सवलाई प्रत्यक्ष र अननलाइनमार्फत प्रदर्शन गरिने संयोजक केपी पाठकले जानकारी दिएका छन् । गत बर्ष निफको चौथो संस्करण कोरोना जोखिमका कारण भर्चुअल गरिएको थियो ।

महोत्सवमा स्वदेशी तथा विदेशी अनुभवी एवं प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफल आयोजना गरिने आयोजक सदस्य सागर पाण्डेयले बताएका छन् ।

२०७८ चैत्र २, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।