१४ बर्ष मुनिका बालवालिका सत प्रतिशत घरमै दुव्यवहार खेप्न बाध्य

|

बर्दिया । १४ बर्षमुनिका बालबालिका सत प्रतिशत घरमै दुव्र्यवहारमा खेप्न बाध्य हुने गरेको एक कार्यक्रममा संचारकर्मीहरुले जानकारी गराएका छन् । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लवको सहकार्यमा तथा बारबर्दिया नगरपालिका वडा नं १० बर्दियाको आयोजनामा बाल संरक्षण तथा बाल संबेदनशिल रिर्पोटिङ्गमा संचारकर्मिको भुमिका अभिमुखीकरण कार्यक्रममा सहभागि पत्रकारहरुले यस्तो जानकारी गराएका हुन् । बालबालिका हिंसा, शोषण, दुव्र्यवहार, यातना, उपेक्षाबाट सुरक्षित हुनु बाल संबेदनशिलताको विषय रहेको हुनाले बालवालिका प्रति अभिभावक सचेत हुन आवश्यक रहेको उनिहरुले बताएका थिए । हामी पैसा तिर्न तयार हुन्छौ तर बच्चालाई स्वतन्त्रता दिन हिचकिचाउँछौ बाल संबेदनशिल कार्यक्रमका प्रशिक्षक तथा कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक ठाकुर सिंह थारुले बताउनुभयो ।
बिश्वभरमा बाल दुव्र्यवहारबाट बालबालिका पिडीत छन् उहाँले भन्नुभयो । नेपालमा बालसंरक्षण सम्बन्धि हिंसात्मक अनुसन्धान, बालबिवाह, बालश्रम, बेचबिखन, महिला र बालिका बिरुद्ध हिंसा, बालबालिकालाई अनावश्यक रुपमा अनाथालय वा सुधारगृहमा राख्नु लगायतका कानुनी मुद्दाहरु भएता पनि बालमैत्री संबेदनशिल न्याय सेवामा भने बालबालिकाको पहुँच अपुग रहेको प्रशिक्षक थारुले भन्नुभयो ।
उहाँले हरेक ५ जना बालबालिकाहरुमा २ जना बालबालिकाको १८ बर्ष भन्दा कम उमेरमै बिवाह हुने गरेको तथ्याङक प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गरेको कार्यपत्र अनुसार आर्थिक बर्ष २०७८ बाँकेमा महिला तथा बालबालिका सम्बन्धि ५ सय ६५ वटा मुद्दाहरु दत्र्ता भएका छन् जसमा महिला तथा बालबालिका सम्बन्धि २ सय ६५ वटा मेलमिलाप गरि मुद्दा फर्छोट भएका छन् । महिला तथा बालबालिका सम्बन्धि ६४ वटा मुद्दाहरु जिल्ला अदालतमा दर्ता भै कानुनी प्रक्रिया अगाडी बढिरहेको उहाँले बताउनुभयो ।
पहिले सानै उमेरमा बिवाह गरिदिए पुण्य मिल्छ भन्ने प्रचलनल, अशिक्षीत र जनचेतनाको कमिले बालबिवाह हुने गर्थे भने अहिले सामाजिक संञ्जालको दुरुपयोगबाट बालबिवाह हुने गरेको बारबर्दिया नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निरञ्जन कुमार चौधरीले बताउनुभयो । बालबिवाहलाई निवाकरण गर्न बारबर्दिया नगरपालिका वडा नं. १० ले बालसंरक्षणमा समेत पहल गरेको उहाँले जानकारी गराउनुभयो । बालबिवाह बिरुद्ध जनचेतना सहितको सडक नाटक, घरदैलो कार्यक्रम, ¥याली प्रर्दशन लगायतका विभिन्न कार्यक्रम प्रस्तुत गरि बालबिवाह बारे सचेतना गराएको वडा अध्यक्ष चौधरीले भन्नुभयो । बाल संरक्षण कार्यक्रम बाल संरक्षण तथा बाल संबेदनसिल रिपोटिङ्गमा संरकर्मीको भुमिका विषयक अभिमुखिकरण कार्यक्रमको संचालन जनक चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको समापन नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष मेनका चौधरीले गर्नुभएको थियो । कार्यक्रममा बर्दियाका २५ बढि पत्रकारको सहभागिता रहेको थियो ।

२०७८ चैत्र १, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।