नेपालगन्ज / बाल विवाहको विरुद्धमा आवाज उठाउने पुरैनीका किशोर र किशोरीले प्रतिबद्धता जनाएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२२ को आर्थिक सहयोगमा सभ्य समाज नेपालको आयोजनामा २ दिने बाल अधिकार सम्बन्धि सचेचनामुलक ताालिममा सो कुरा बताएका हुन् । सो तालिममा नेपालगंज उपमहानगरपालिका वडा नंं २२ को बालबालिकाहरुको सहभागिता रहेको थियो ।
सो तालिमका प्रशिक्षक नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङले बाल अधिकार बारे प्रशिक्षण दिएका थिए । बाल अधिकार भनेको के हो? बाल संरक्षण कसरी गर्ने भन्ने बारे जानकारी गराएका थिए । साथै त्यसै गरि अर्का प्रशिक्षक बाल अधिकारकर्मी साहिल अन्सारीले बाल अधिकारको ईतिहास, बाल क्लबको गठन प्रक्रिया साथै लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए ।
सो समापन कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहनगरपालिका वडा नं.२२ का वडा अध्यक्ष विद्याराम बर्मालेले तालिममा सिकेका कुराहरु ब्यवहारमा लागुपर्नेमा जोड दिनुुभयो साथै सबै भन्दा शिक्षामा जोड दिनुपर्ने बताउनुुभयो ।
नेपालगंज वडा नं.२२ का सहभागी किशोरी आरती गुप्ता आफूले यस तालिममा बाल अधिकार भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् । त्यसैगरि अर्का सहभागी साहिद ईदिस्रीले सामाजिक सन्जालका फाईदा र बेफाईदा बारे जानकारी पाएको साथै सामाजिक सन्जाललाई सही सदुपयोग गर्नु पर्ने बताए । सभ्य समाज नेपालको अध्यक्ष सुर्यलाल यादवको अध्यक्षतामा सो तालिम समापन भएको थियो ।






