गैर-आबासिय नेपाली सघं अमेरिकाले ११२ औं अन्तराष्ट्रीय महिला दिवस मनाउंदै

|

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन एनसीसी) अमेरिकाले ११२औं अन्तराष्ट्रिय महिला दिवसको आयोजना गरेको छ।
एन आर एन अमेरिकाकी उपाध्यक्ष दिक्षा बस्नेतले दिएको जानकारी अनुसार महिलाहरुको जटील समस्या र चुनौती बिच छलफल र समाधान जस्ता गहन बिषयमा कार्यक्रम आधारित रहनेछ।

सो कार्यक्रमलाई सफल पार्न महिला बिभाग लगाएत महिला सचिव सुनिता कन्डेल, महिला संयोजक सुन्दरी गुरुङ्, बोर्ड सदस्य शान्ति पौडेलको प्रमुख भूमिका रहने समेत उपाध्यक्ष बस्नेतले जानकारी दिएकी छिन् ।

बिगतका बर्ष झैं यसपाली पनि मार्च १२( २०२२) शनिबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन एनसीसी) अमेरिकाको ११२ औं अन्तराष्ट्रीय नारी दिवस मनाइने तयारी गरिरहेको छ।

कार्यक्रममा महिलाका बिभिन्न मुद्दाहरुमा प्रश्ट्याउने तथा महिला शसक्तिकरण,सहभागिता र प्रबासमा महिलाका समस्या, भूमिका, बिषय लगायत छलफल र अन्तरक्रिया हुनेछ।

कार्यक्रम बिहान अमेरिकाको पुर्बिय समय ९ बजे शुरु गरिने छ।घर, बास, प्रबासमा छरिएर रहनुभएका सम्पुर्ण श्रमजिबी आमा, दिदिबहिनीहरु, सबैलाई समेटेर एनआरएन एनसीसी अमेरिकाले ११२औं नारी दिवस मनाउने तयारी गरेको छ।

यो बर्ष पनि कोभिड महामारीको कारण Zoom टेक्नोलोजी
को माध्यमबाट कार्यक्रम हुने भएकोले सबैलाई हार्दिक निमन्त्रणा र स्वागत गरिएको छ।

२०७८ फाल्गुन २६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।