सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई नमुना अस्पताल बनाउने नयाँ समितिको प्रतिबद्धता

|

खजुरा  /  सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने स्थानीय नागरिकको लागी ओपिडी पर्चा दर्ता सेवा शुल्क निशुल्क गर्ने पहिलो निर्णयबाट निर्णय गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल बिकास समितिको निर्णय अनुसार खजुरा गाउँपालिकाबासिको लागी पर्चा दर्ता सेवा शुल्क रु. ५० निशुल्क गर्ने निर्णय गरेको हो ।
पदभार ग्रहण गर्दै अध्यक्ष किशोर थापाले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशका एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको यो अस्पताललाई चितवन पछिको नमुना अस्पताल निर्माणमा सबैको योगदान र सहयोग आवश्यक रहेको र त्यसको लागि आफनो टिमलाई सहयोग हुने आशाबादी रहेको बताउनुभयो ।
पदभार ग्रहण कार्यक्रममा स्वागत मन्तव्य राख्दै अस्पताल बिकास समिती सदस्य शिव श्रेष्ठले प्रखर परोपकार मिसनको लागि छुट्टै अफिसको ब्यवस्था र केही बजेटको आवश्यक समेत महसुस भएको र सोको लागी नयाँ ब्यवस्थापन समितिले त्यसतर्फ ध्यानदिन सुझाव दिएका थिए । खजुरा क्यान्सर अस्पतालका मेसु कृष्ण प्रसाद आचार्यले क्यान्सर विशेषज्ञ अस्पतालको रुपमा पुर्णरुपमा अस्पताललाई संचालनको लागी केही इक्युपमेन्टको अहिले पनी आवस्यक रहेको र सोको पुर्ति गर्न सके सेवाग्राहीको लागी बरदान साबित हुने बताएका थिए ।
त्यस्तै नवनियुक्त अस्पताल बिकास समितिको पदाधिकारीहरुले पहिलो बैठक कार्यालय सहयोगी संग गर्दै अस्पतालमा भएका सेवा सुबिधाको बारेमा छलफल गरेका थियो भने त्यसै गरि कर्मचारीसँग बैठक बसी अस्पतालको सेवा प्रवाह बारे छलफल गरिएको सदस्य सूर्यलाल यादवले जानकारी दिनुभयो । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा सहित अस्पताल बिकास समितिको सदस्यहरुमा सुर्यलाल यादव, इमरान खाँ,दिपा केसीले आजै पदभार ग्रहण गरेका छन् ।

२०७८ फाल्गुन २५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।