खजुरा क्यान्सर अस्पताल बिकास समितिको सदस्यमा सूर्यलाल यादव मनोनीत

|

खजुरा । बाँकेको खजुरामा रहेको शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल बिकास समितिको सदस्यमा सूर्यलाल यादव मनोनित हुनुभएको छ ।
जनता समाजवादी क्षेत्र नं २ का क्षेत्रीय सभापति समेत रहनुभएका यादवलाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट सदस्यमा मनोनयन गरिएको हो ।
गैरसरकारी संस्था महासंघ बाँकेको कार्यसमिति सदस्य यादवको पत्रकारितासंगै समाजसेवातर्फ लामो अनुभव छ । पछिल्लो समय जसपाको क्षेत्रीय सभापतिको नेतृत्व गर्दै आउनुभएको छ ।
अस्पताल बिकास समितिको अध्यक्षमा किशोर थापासंगै सदस्यहरुमा दिपा केसी, इमरान खार यादव मनोनित हुनुभएको हो ।
पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माणगरि हाल नेपाल सरकारको पूर्ण स्वामित्वमा अस्पताल संचालन भइरहेको छ ।

२०७८ फाल्गुन २१, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।